अवरुद्ध घोडेटार-चुवार सडकखण्ड भोलि मात्रै खुल्ने

शेयर गर्नुहोस

अर्जुन राई अपहेलित 

हसनपुर । भोजपुर जिल्लाको घोडेटार-चुवार सडकखण्ड भोलि बिहान मात्रै खुल्ने भएको छ ।

केही दिन यता लगातार भएको वर्षातको कारण हतुवागढी गाउँपालिका -९ ज्यामिरे चौक र उखुबारी स्थित पहिरो खस्दा मंगलबार (हिजो) देखि अवरुद्ध सडक भोलि मात्र खुल्ने भएको हो ।

आज हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई र उपाध्यक्ष सुनिता किराँती सहितको टोलीले अनुगमन गरे पश्चात् स्काभेटर प्रयोग गरि पहिरो पन्छाउन थालिएको हो ।

ज्यामिरे स्थित कन्सिरी चोक उत्तर पट्टि पहिरोका कारण सडक भासिएको र नयाँ ट्राक खोल्न परेको वडाध्यक्ष सन्जल राईले जानकारी दिए ।
उनले भने, ‘ज्यामिरे स्थिर सडक भासिएर नयाँ ट्राक खोल्ने क्रममा ढुङ्गा भेटिएको हुँदा काममा ढिलाई भएको छ, भोलि बिहान त्यसको मर्मत सकेर उखुबारी स्थितको पहिरो पन्छाए पछि लगभग बिहान १० बजे सम्ममा बाटो खुल्नेछ ।’

हतुवागढी -९ वडाकार्यलयले आवतजावतमा रहेका यात्रुहहरुलाई संभावित पहिरोको जोखिमलाई मध्यनजर गर्दै सुरक्षित रहन अनुरोध गरेको  छ ।

हतुवागढीबाट उदयपुरको मैनामैनी हुँदै तराई जोड्ने उक्त सडक अवरुद्ध हुँदा आमस्मिक कामका लागि धरान, इटहरी, विराटनगर लगायतका स्थानमा जान लागेका यात्रु मारमा परेका छन् ।
वर्षातका कारण हतुवागढी र उदयुर मैनामैनी, कोसोपा खोला आसपासमा समेत सडक अवरोद्व भएको अस्थायी प्रहरी कार्यलय हसनपुरका प्रमुख कमल श्रेष्ठले जानकारी दिए ।
घोडेटार-चुवार सडक खुले पनि उदयपुरको मैनामैनी हुँदै तराइ जोड्ने सडक अवरुद्ध हुँदा आवातजावतमा समस्या रहने उनले बताए ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…