भोजपुरमा मतगणना सुरु

शेयर गर्नुहोस

भोजपुर । भोजपुरमा मतगणना सुरु भएको छ ।

सोमबार दिउँसो २ बजे बसेको सर्वदलीय बैठक पश्चात् साँझ ५ बजे बाट मतगणना गरिने निर्णय गरिएको हो ।

तथापि भोजपुर नगरपालिकाको सभाहलमा बेलुका सात बजेबाट मात्रै गणना शुरु भएको हो । अहिले प्रतिनिधिसभा र प्रदेशसभा एक को गणना शुरु भएको मुख्य निर्वाचन अधिकृत मनीराम न्यौपानेले जानकारी दिए ।

भोजपुरको क्षेत्र नम्बर १ को षडानन्द नगरपालिकाबाट गणना सुरु गरिएको हो । जिल्लामा ५० दशमलव ३९ प्रतिशत मत खसेको छ । कुल एक लाख २३ हजार ३७९ मतदाता मध्ये ६२ हजार १८१ जना मतदाताले मतदान गरेका गरेका छन् । जिल्लाका नौ वटै स्थानीय तहका ८७ ओटा मतदान स्थलको एक सय ५७ मतदान केन्द्रमा सौहर्दपूर्ण वातावरणमा मतदान सम्पन्न भएको थियो ।

प्रतिनिधि सभातर्फ १२ जनाको उम्मेदवारी:

प्रतिनिधिसभा तर्फ १ वटा निर्वाचन क्षेत्र रहेको भोजपुरमा १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिनिधि सभा सदस्यका लागि भोजपुरमा नेपाल कम्युनिष्ट पार्टी एमालेका शेरधन राई, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सुदन किराती, जनता समाजवादी पार्टी नेपालका ध्रुव छाङ्छा दुमी राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका जितेन्द्र घले, हाम्रो नेपाली पार्टीका रमेशप्रसाद ओझा, नेपालका लागि नेपाली पार्टीका डा. सुरेश बस्नेत, मंगोल नेशनल अर्गनाइजेसनका चन्द्रप्रसाद राई, खम्बुवान राष्ट्रिय मोर्चा नेपालका ॠषिधन राई, राष्ट्रिय स्वतन्त्र पार्टीका सनमछिरिङ शेर्पा र स्वतन्त्र रुपमा शक्तिराज राई, महेश योञ्जन, दिलिप कुमार खतिवडाले उम्मेदवारी दर्ता गराएका हुन् ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…