स्यामुना शिली प्रतियोगितामा हतुवागढी-२ दितेनी टोली प्रथम

शेयर गर्नुहोस

घोडेटार । भोजपुरको हतुवागढी -४ फलामढुङ्गामा आयोजित स्यामुना शिली प्रतियोगितामा हतुवागढी -२ दितेनी टोली प्रथम भएको छ ।

शुक्रबार श्री वालाहाङ सुनाहाङ किरात राई उत्थान समाजको तेस्रो अधिवेशनको अवसरमा आयोजित उक्त प्रतियोगितामा किरात राई यायोक्खा प्राकस दितेनी प्रथम भएको हो ।

त्यस्तै प्रतियोगितामा किरात राई यायोक्खा प्राकस हतुवागढी ४ खैराङ दोस्रो, किरात राई यायोक्खा प्राकस हतुवागढी ७ लुङ्खिम तेस्रो र किरात राई यायोक्खा प्राकस हतुवागढी ५/६ चौंथो भएको हो ।

किरात राई यायोक्खा भोजपुर अध्यक्ष एवं प्रदेश सांसद सिर्जना राईको प्रमुख आतिथ्यतामा ब्यानर वाचन गरि कार्यक्रमको उद्घाटन गरिएको थियो ।

हतुवागढी, आमचोक र रामप्रसाद राई गाउँपालिका क्षेत्रका किरात राईहरुले उधौली र उभौलीमा नाच्ने स्यामुना शिली संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ ।

उत्थान समाजको अध्यक्ष बलराम राईको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा विशिष्ट अतिथि पूर्व माननीय धनहर्क राई, हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राई र उपाध्यक्ष सुनिता किरातीको उपस्थिति रहेको थियो ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…