तीन लाख ८५ हजारसहित इमाडोलबाट २४ जुवाडे पक्राउ
- समाचार
- March 6, 2022
तीन लाख ८५ हजार तीन सय ३० रूपैयाँसहित जुवातास खेल्नेहरूलाई पक्राउ गरेको छ।
ललितपुरको महालक्ष्मी नगरपालिका ४ इमाडोल सेतीपाखाबाट शनिबार बेलुकी नगदसहित जुवातास खेल्नेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
एकबहादुर रानाको टहराभित्र जुवातास खेलेको सूचनापछि प्रहरी पुगेको थियो। गोरखा घर भई हाल इमाडोल बस्ने ३३ वर्षका तेजबहादुर थापासहित २४ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।