हतुवागढी गाउँपालिकाको महत्वपुर्ण निर्णयः ६५ वर्षभन्दा माथिकालाई निःशुल्क एम्बुलेन्स सेवा

शेयर गर्नुहोस


भोजपुर । हतुवागढी गाउँपालिकाले गाउँपालिका क्षेत्र भित्रका ६५ वर्षभन्दा माथि उमेरका ज्येष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा दिने भएको छ । वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधीको सपथ ग्रहणसंगै गाउँपालिकाले यस्तो निर्णय गरेको हो ।
गाउँपालिकाका सबै क्षेत्रका शारिरीक रुपमा अशक्त ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा पहुँचलाई सहज बनाउन गाउँपालिकाले गाउँपालिकाको केन्द्र घोडेटारमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र घोरेटारसम्म निःशुल्क एम्बुलेन्स सेवा दिने निर्णय गरेको हो । भौगोलिक रुपले विकट गाउँपालिकाका दुर्गम क्षेत्रका ६५ वर्ष उमेर कटेका ज्येष्ठ नागरिकको स्वास्थ्य संवेदनशिलतालाई ध्यानमा राखेर उक्त निर्णय गरिएको गाउँपालिका नवनिर्वाचित अध्यक्ष प्रेमकुमार राईले बताउनु भयाे ।
‘शारिरीक र स्वास्थ्यको दृष्टिकोणले संवेदनशिल उमेरका ज्येष्ठ नागरिकको सहजताका लागि हाम्रो गाउँपालिकाले यो पहिलो निर्णय गरेको हो’ अध्यक्ष राईले भने, ‘दोश्रो कार्यकालको सुरुवाती पहिलो कदम नै निःशुल्क स्वास्थ्य सेवा पहुँचलाई सहज बनाउने तर्फ लागेका छौँ’
साथै गाउँपालिकाले रेफर गर्नुपर्ने किसीमका विरामीलाई हतुवागढी गाउँपालिका ९, हसनपुरको मचुवा, कोप्चे, चुहारसम्म नियमित एम्बुलेन्स सेवा प्रदान गर्ने निर्णय गरेको छ ।

यस्तै गाउँपालिका क्षेत्रका गर्भवती महिलाहरुलाई स्वास्थ्य संस्थासम्म आउने र नियमित स्वास्थ्य परिक्षणपश्चात प्रशुति गराउने गर्भवती महिलालाई जनही ५ हजार रुपैँया पोषण सुधारस्वरुप नगद पनि प्रदान गर्ने निर्णय गरेको छ । गाउँपालिकाको पहिलो प्राथमिकतामा दुर्गम भेगका नागरिकको स्वास्थ्य सेवालाई पहिलो प्राथमिकता दिईएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राज कुमार शाक्यले बताउनुभयाे ।  ‘नयाँ जनप्रतिनिधीको आवागमनसंगै गाउँपालिकाले गरेको यो पहिलो निर्णयले नागरिकमा उत्साह थपिएको छ, दुर्गम क्षेत्रमा स्वास्थ्य सेवालाई सहज बनाउनु नयाँ जनप्रतिनिधीको प्रभावकारी र पारदर्शी कदम हो’ हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा ९ वडा रहेको उक्त गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेको तर्फबाट प्रेमकुमार राई निर्वाचित हुनुभएको हो ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…