दिंला भोजपुर घाेडेटार चतरा सडक कालोपत्रे काम अघि बढ्यो

शेयर गर्नुहोस
पिछल्लाे समय सडक खण्डमा चल्ने गरेका ट्रक तस्वीर साैजन्य नारायण निराैला

भोजपुर । भोजपुरलाई तराइसंग सबैभन्दा नजिकबाट जोडने दिंला भोजपुर घोडेटार चुहार सडक आयोजनाको स्तरउन्नतिको प्रक्रिया शुरु भएको छ । आयोजना अन्तरगत पहिलो चरणमा हसनपुरको चुहार हुदै घोडेटारसम्म २२ किलोमिटर सडक कालोपत्रेका लागि ठेक्का प्रक्रियाको अन्तिम प्रक्रिया शुरु भएको हो । यसका लागि ग्रामीण सडक सञ्जाल सञ्जाल सुधार आयोजना (आरसिआइपी) आयोजना वातवरणिय परिक्षणको सर्वाजानिक सुनुवाइ कार्यक्रम शुरु गरेको हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताउनु भयो । सुनुवाइ पछि आयोजनाले सडक कालोपत्रेका लागि बोलपत्र प्रकाशित गर्नेछ । तत्कालिन प्रदेश १ का मुख्यमन्त्रि शेरधन राईको सिफारिस र पहलमा ग्रामीण सडक सञ्जाल सञ्जाल सुधार आयोजनाले सडक निर्माणको काम थालेको हो ।

भाेजपुर र उदयपुरकाे सिमाना चुहारमा बन्दै गरेकाे पक्कि पुल । तस्वीर साैजन्य नारायण निराैला

पुर्व मुख्यमन्त्रि ेरधन राईको पहलमा कोशि राजमार्गको बैकल्पिक राजमार्गको रुपमा १ सय २५ किलोमिटर लामो दिंला भोजपुर घोडेटार चुहार हुदै सुनसरि चतरा सडकको स्तरउन्नती र कालोपत्रेको काम शुरु भएको हो । पहिलो चरणमा चुहार घोडेटार चुहार २२ किलो मिटर सडक कालोपत्रेको तयारी शुरु भएको पुर्व मुख्य मन्त्रि शेरधन राईले बताउनुभयो । “प्रदेशको प्राथामिकताको सडक पनि भएको कारण यसलाई महत्वका साथ अघि बढाएको थिए बाकि खण्ड दिंला सम्म पनि क्रमश काम हुनेछ” मुख्यमन्त्रि राईले भने “एडिबिको आर्थिक सहयोगमा धरान धनकुटा हुदै आउने कोशि राजमार्गको बैकल्पिक सडकको रुपमा यो योजना अघि बढाइएको हो ” ।

सडक खणडमा पर्ने घाेडेटार बजार । तस्वीर साैजन्य नारायण निराैला

भोजपुरको भविष्य र समृद्धिका लागि तराई संग नजिक जोड्न चुहारको पुल निर्माण संगै सडकको काम अघि बढेको पनि राईले बताउनु भयो । तत्कालिन मुख्यमन्त्रि राईद्धारा विनियोजित बजेटबाट प्रदेश प्राथामिकता सडक अन्तरगत सुनसरिको चतरा नयाँपुल हुदै उदयपुरको मैनामैनि चुहार सडक काम भैरहेको छ । उक्त सडक खण्ड अन्तरगत २३ किलोमिटर मध्ये १२ किलोमिटर कालो पत्रे र ११ किलोमिटर सडक ग्राभेलको काम भइरहेको मुख्यमन्त्रि राईले बताउनुभयो । शेरधन राई मुख्यमन्त्रि हुदा नै भोजपुर र उदयपुरको सिमाना चुहारको दुधकोशिमा पुल निर्माणको काम भइरहेको छ । पुल निर्माण सम्पन्न भए संगै भोजपुर सदरमुकामबाट ९० किलोमिटरमा सुनसरिको चतरा पुगिनेछ । जबकी भोजपुर सदरमुकामबाट ९२ किलोमिटरमा धनकुटाको हिले मात्र पुगिन्छ । दिंलाबाट १ सय २५ किलोमिटरमा चतरा पुगिनेछ ।

वातवरणिय परिक्षण मुल्याकनका लागि सूचना

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…