मुन्दुम अध्ययन केन्द्र सुनसरी–मोरङको प्रथम अधिवेशन सम्पन्न

शेयर गर्नुहोस

इटहरी । किरात मुन्दुम अध्ययन केन्द्र सुनसरी–मोरङको प्रथम अधिवेशन सम्पन्न भएको छ ।

शनिबार मोरङको सुन्दरहरैंचा–४ दुलारी स्थित किरात मुन्दुम अध्ययन केन्द्रका केन्द्रीय अध्यक्ष जितेन राईको प्रमुख आतिथ्यतामा उक्त अधिवेशन सम्पन्न भएको हो ।

सुम्निमापारुहाङको तस्विरमा प्रमुख अतिथि जितेन राईद्धारा सोलोन्वा (चिण्डो) बाट चोखो जाँड र अदुवा चढाएर कार्यक्रमको उद्घाटन गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा किरात मुन्दुम अध्ययन केन्द्रका केन्द्रीय अध्यक्ष जितेन राईले मुन्दुम र तीन चुलाको आवश्यकता र महत्वबारे उल्लेख गर्दै मुन्दुमको दस्तावेजिकरणका लागि आगामी योजनाबारे जोड दिएका थिए ।

किरात मुन्दुम अध्ययन केन्द्र सुनसरी–मोरङको प्रथम अधिवेशनबाट बसन्त राई अध्यक्षतामा १३ सदस्यीय कार्य समिति गठन गरिएको अध्ययन केन्द्रका केन्द्रीय कोषाध्यक्ष माया राईले जानकारी दिइन् ।

नवगठित समितिको उपाध्यक्षमा चित्र बहादुर राई, सचिवमा बन्दना राई, सह–सचिवमा मुकादन राई र कोषाध्यक्षमा दिपक कुमार राई चयन भएका छन् ।

किरात मुन्दुम अध्ययन केन्द्र सुनसरी–मोरङ तदर्थ समितिद्धारा आयोजित उक्त अधिवेशनमा विशेष अतिथि किरात मुन्दुम अध्ययन केन्द्रका केन्द्रीय सह–सचिव एवं अधिवक्ता शान्तिदेवी राई, किरात मुन्दुम अध्ययन केन्द्रका केन्द्रीय कोषाध्यक्ष माया राई, किरात राई यायोख्खा सुुनसरी अध्यक्ष राजेन्द्र राई, सुन्दरहरैचा–४ का वडाध्यक्ष शैलेन्द्र श्रेष्ठ लगाएत अन्य अतिथिहरुको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रम सञ्चालन बन्दना राईले गरेकी हुन् । ६० जना भन्दा बढीको उपस्थिति रहेको उक्त कार्यक्रममा विशेष अतिथि एवं किराया सुनसरी अध्यक्ष राजेन्द्र राई र सुन्दरहरैचा–४ का वडाध्यक्ष शैलेन्द्र श्रेष्ठले समेत शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…