भोजपुरमा एक दिन पनि टिकेन गठबन्धन , जसपा बाहिरियो माओवादीमा पनि असन्तुस्टी धेरै

शेयर गर्नुहोस

भोजपुर । आशन्न स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनका दलहरुले भोजपुरमा स्थानिय तहको भागबण्डा टुंग्याएको गठबन्धन एक दिन पनि नटिक्ने भएको छ । गठबन्धनबाट जनता समाजवादी पार्टी बाहिरिएको छ भने माओवादी नेता कार्यकर्ताले असन्तुटि तिव्र भएको छ ।  एउटा पनि स्थानिय तहकाे नेतृत्व नपाएपछि जनता समाजवादी पार्टी ठबन्धनबाट बाहिरिने भएको छ । बुधवार पत्रकार सम्मेलन मार्फत सार्वजानिक गरिने जसपाका नेता प्रशन्न राईले बताए । गठबन्धनको निर्णयको विरोधमा नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य माेहन किराती मादेन राजिनामा गरेको घोषणा गरेका छन । अन्य नेता कार्यकर्ताहरुले पनि विराेध गरेका छन ।


राईले राजिनामा दिनुको कारण कुनै पनि पार्टीको गलत नाजायज ह्वीपलाई अक्षरस पालना गर्ने ,सत्ता र पहुचको पुजा गरि दलाल नेतृत्वको खुट्टा ढोग्ने प्रविती,आम स्वषीत पिडित जनतालाई लाई सदाबहार शोषण गर्ने दिर्घकालिन योजना बिरुद्धको बिद्रोह भएको सामाजिक सञ्जाल मार्फत सार्वजानिक गरेका छन । यसै गरि नेकपा माओवादी केन्द्रका पौवादुमाका नेता गोविन्द राईले पनि गठबन्धनको निर्णयको विरोध गरेका छन । राईले जिल्ला र केन्द्र ,को आदेश ,पौवादुङ्मा मा , लागू, नहुने र जिल्ला र केन्द्र को आदेश मानेर चुनाबमा भाग लिन आए प्रतिवाद गर्ने चेतावनि समेत दिएका छन ।


पौवादुम्माका नेकपा माओवादी केन्द्रका नेता मौसम राईले पनि गठबन्धन दलको निर्णयको विरोध गरेका छन । गाउँपालिकाको निर्णयलाई वेवस्था गरेको उनको आरोप रहेको छ । राईले भनेका छन २ बैशाखमा नेकपा माओबादी केन्द्र पौवादुङमा ले गरेको निर्णयको महत्व नदिनु भनेको समग्र पौवादुङमामा रहेको माओबादी केन्द्रको नेता कार्यकर्ताहरुको छातीमा कुल्चनु हो । यस्तै हो भने भोलीको दिनमा माओबादी पार्टी पौवादुङमामा जिरोमा पुग्ने दिनको सुरुवात भयो ।

माओवादी वृत्रमा नेपालि काग्रेसले माओवादीलाई बैशाखि बनाएर काग्रेसले धेरै भाग लिएको चर्चा चलेको हो ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…