हतुवागढीमा ३ जनाले लिए उम्मेदवारी फिर्ता

शेयर गर्नुहोस

घोडेटार । भोजपुरको हतुवागढी गाउँपालिकामा ३ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

गत सोमबार पालिका अध्यक्ष र वडाध्यक्ष पदमा मनोनयन दर्ता गरेका तीन जनाले शुक्रबार (हिजो) उम्मेदवारी फिर्ता लिएका हुन् ।

आयोगले शुक्रबार साँझ ५ बजेसम्म उम्मेदवारी फिर्ता लिन समय तोकेको थियो । उक्त समयावधिमा हतुवागढी गाउँपालिका अध्यक्षका उम्मेदवार दिनेश प्रसाद घिमिरे, हतुवागढी-४ को वडा अध्यक्ष पदका उम्मेदवार रुद्र बहादुर खत्री र वीर बहादुर राईले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यलय हतुवागढीले जनाएको छ ।

उम्मेदवारी फिर्ता लिएका मध्ये दिनेश घिमिरे (नेपाली कांग्रेस) बाट स्वतन्त्र उम्मेदवार थिए । त्यस्तै हतुवागढी गाउँपालिका वडा नम्बर ४ बाट रुद्र बहादुर (नेपाली कांग्रेस) र वीर बहादुर राई (नेकपा एमाले) ले वडाअध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

आयोगले आज चुनाव चिन्ह वितरण गर्ने भएको छ ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…