एप्पलपछि माइक्रोसफ्टले पनि रुसमा बन्द गर्‍यो सेवा

शेयर गर्नुहोस

युक्रेनमा जारी रुसी आक्रमणसँगै विश्वका विभिन्न प्रविधि कम्पनीहरूले रुसविरुद्ध एकपछि अर्को कडा निर्णय लिइरहेका छन् ।

पश्चिमी देशका सरकारहरू, विश्व खेल संगठनहरू तथा ठूला कम्पनीहरूले समेत रुसी हमलाको निन्दा गर्दै रुसमाथि विभिन्न खालका बन्देज लगाइरहेका छन् । यसै क्रममा पछिल्लोपटक माइक्रोसफ्ट कम्पनीले रुसमा आफ्ना प्रडक्टको बिक्री तथा सम्पूर्ण सेवा बन्द गर्ने घोषणा गरेको छ ।

माइक्रोसफ्टको कम्प्युटर अपरेटिङ सिस्टम विन्डोज हाल विश्वका १ अर्बभन्दा धेरै मानिसले प्रयोग गर्दछन् । रुसमा माइक्रोसफ्टको बिक्री तथा सेवा बन्द भएसँगै लाखौँ प्रयोगकर्ता प्रभावित हुनेछन् ।

माइक्रोसफ्टका अध्यक्ष ब्राड स्मिथले एक ब्लग पोस्टमा भनेका छन् : विश्वका अन्य ठाउँजस्तै हामी युक्रेनमा युद्धक्षेत्रबाट सार्वजनिक भैरहेका तस्वीर तथा खबरहरूबाट भयभित, क्रोधित र दुखी छौं । हामी रुसद्वारा गरिएको यस अनुचित, अकारण तथा गैरकानुनी आक्रमणको निन्दा गर्दछौं ।

यसअघि गतहप्ता एप्पलले पनि रुसमा आफ्ना सबै प्रडक्टको बिक्रीमा रोक लगाएको थियो । रुसमा आफ्ना प्रडक्टको बिक्री बन्द गर्नुका अलावा एप्पलले रुसी समाचार एजेन्सी आर टी र स्पुतनिकको मोबाइल एपलाई एपस्टोरबाट हटाइदिएको छ ।

एप्पलको एप्पल पे सर्भिस पनि रुसमा बन्द छ । युक्रेनका उपप्रधानमन्त्री माखाइलो फेडोरोभले एक पत्रमार्फत् गरेको अनुरोध पश्चात् एप्पलले यस्तो निर्णय गरेको हो।

रुसमाथि अमेरिकी निर्यात प्रतिबन्ध

रुसद्वारा युक्रेन हमलापछि अमेरिकाले अमेरिकी सामानहरू रुसमा निर्यात गर्न प्रतिबन्ध लगाएको छ । साथै अमेरिकामा उत्पादन हुने रुसी ब्राण्डका सामानहरुमा समेत यस्तो प्रतिबन्ध लगाइएको छ । अमेरिकाले देशको व्यापार कानुनअन्तरगत उक्त प्रतिबन्ध लगाएको हो ।

अमेरिकी कम्पनीहरूले अब कम्प्युटर, सेन्सर, लेजर, नेभिगेसन उपकरण, दूरसञ्चार, एरोस्पेस तथा समुद्री उपकरणहरू रुसमा बिक्री गर्नका लागि लाइसेन्स लिनुपर्नेछ ।

अमेरिकाकाले यस्तैखाले प्रतिबन्ध केही वर्षअघि चिनियाँ कम्पनी हुवावेमाथि लगाएको थियो, जसले हुवावेलाई ठूलो नोक्सानी भएको थियो ।

एजेन्सी

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…