किरात प्रदेश नामाकरण गर्न माग गर्दै किराया सुनसरीद्वारा बृहत् र्याली प्रदर्शन

शेयर गर्नुहोस

इटहरी । प्रदेश नं. १ लाई किरात प्रदेश नामाकरण गर्न माग गर्दै बृहत् मोटरसाइकल र्याली प्रदर्शन गरिएको छ ।

बिहीबार किरात राई यायोख्खा सुनसरीको आयोजनामा उक्त मोटरसाइकल र्यालीका साथ प्रदेश नामाकरण समितिका संयोजक जयराम यादवलाई स्मरण पत्र बुझाइएको हो ।

किराया केन्द्रिय कार्यसमितीका सचिव अर्जुन जम्मेली राई, किराया सुनसरी अध्यक्ष राजेन्द्र राई, नेपाल आदिवासी जनजाति महासंघ सुनसरी अध्यक्ष राम माण्डुपा राई, किराया इटहरी सचीव राष्ट्र राई लगाएतले संयुक्त रुपमा उक्त स्मरण पत्र बुझाएका हुन् ।

उक्त स्मरण पत्र बुझ्दै प्रदेश १ का स्वास्थ मन्त्री समेत रहेका यादवले आफू पहिचानको मुद्दाबाट नै यस स्थानसम्म आइपुगेको र किरात प्रदेश नामाकरण बारे आफ्नो पूर्ण व्यक्तिगत प्रयास र समर्थन रहने बताए ।

हजारौंको उपस्थितीमा धरानबाट सुरु भएको वृहत् मोटरसाइकल र्याली इटहरी, विराटनगरको मुख्यमन्त्रीको कार्यालय, अन्तरिक मामिला मन्त्रालय हुँदै प्रदेश सभा कार्यालयमा आएर कोणसभामा परिणत भएको थियो ।

कोण सभालाई सम्बोधन गर्दै किराया केन्द्रिय कार्यसमितीका सचिव अर्जुन जम्मेली राईले किरात जातीय नभएर इतिहास, भूगोल, सभ्यता, भाषा र संस्कृतिको आधारमा भएको बताए ।

राईले किरात शब्द कैलाश, कैरातहुँदै किरात भएकोले यो नाम प्रति कसैले शंका नगर्न र अध्ययन गरेर मात्रै बोल्न अनुरोध गरेका छन् ।

सभा विसर्जनका क्रममा बोल्दै किराया सुनसरीका अध्यक्ष राजेन्द्र राईले किरात भनेको जिवित मानव सभ्यता र पहिचानको सम्मान भएको उल्लेख गर्दै मुलुकको विकास र समृद्धिका लागि किरात प्रदेश घोषणा गर्न माग गरे ।

जिवित मानव सभ्यता र पहिचानको सम्मानले देश समृद्ध बन्ने विश्वास व्यक्त गर्दै अध्यक्ष राईले भने, ” ५८ जाती रहेको छिमेकी मुलुक चीनको राष्ट्रिय झण्डामा रहेको ५ ओटा तारा ५८ जाती मध्ये ५ जातिको सम्मान हो । के चाइनामा विद्रोह भएको छ ? ५ जातिको सम्मान गर्ने चीन विश्वको शक्तिशाली राष्ट्र बन्यो ।”

यस अघि पनि पटक पटक प्रदेश १ को नामाकरण किरात प्रदेश हुनुपर्ने माग गर्दै ज्ञापन पत्र बुझाइ सकेको तर प्रदेश सरकारको तर्फबाट खासै सुनवाइ नभएको र वर्तमान सत्तारुढ गठबन्धनको प्रदेश सरकारको ध्यानाकर्षण गराउन चौथो पटक स्मरण पत्र प्रदेश १ नामाकरणका समन्वयकर्ता एवम् स्वास्थ्य मन्त्री यादवलाई बुझाइएको किराया सुनसरीले जनाएको छ ।

दबाबमुलक वृहत् मोटरसाइकल र्यालीमा किरात राई यायोख्खा प्रारम्भिक कार्य समिती, नेपाल आदिवासी जनजाति महासंघ सुनसरी , किरात राई बान्तावा खिम, किरात मुन्दुम अध्ययन केन्द्र सुनसरी-मोरङ, किरात राई विद्यार्थी संघ सुनसरी, किरात राई चाम्लिङ खाम्मातिम लगाएतका संघसंस्था प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । 

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…