समृद्धिका लागि संकल्प यात्रा असाधारण, गलत भाष्यलाई चिर्न सफल:केपी ओली  

शेयर गर्नुहोस


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले सञ्चालन गरेको मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिको लागि संकल्प यात्रा असाधारण रूपमा सफल भएको बताउनुभएको छ ।
सो यात्राको उपलब्धिका सम्बन्धमा आइतबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित सञ्चारकर्मीसँगको संवाद कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यात्राले असाधारण सामाजिक सद्भाव समेत कायम गरेको बताउनुभयो । यात्राले राष्ट्रिय रूपमा धेरै सन्देश दिएको ओलीले प्रष्ट पार्नुभयो ।
अवाञ्छित खालका चिन्तालाई अघि बढाउने प्रयासलाई सो यात्राले असफल बनाएको ओलीले दाबी गर्नुभयो । अनेक खालका गलत भाष्यलाई यात्राले चिर्ने काम गरेको उहाँले बताउनुभयो । ‘सही भाष्यलाई स्थापित गर्न यो यात्रा सफल भएको छ’, उहाँले भन्नुभयो ।
जनतामा आएको नैराश्य भाव चिर्नलाई पनि यात्राले निक्कै सहयोग गरेको ओलीले बताउनुभयो । यो यात्राले राजनीतिक रूपका गलत भाष्यलाई गलत प्रमाणित गरेको ओलीले बताउनुभयो । हिंसाका प्रवृत्ति र ढुङ्गा हान्ने कुरालाई यो यात्राले निस्तेज गरिदिएको ओलीले बताउनुभयो ।
ओलीले संकल्प यात्रा सांस्कृतिक उत्सवको यात्रा पनि भएको बताउनुभयो । यसले सांस्कृतिक एकता कायम गर्न सहयोग गरेको उहाँले दाबी गर्नुभयो ।
ओलीले सर्वदलीय बैठकबाट, सर्वपक्षीय बैठकबाट पनि यात्राको क्रममा सुझाव आएकोले यात्रा सबै हिसाबले सफल भएको ओलीले बताउनुभयो । विकासका निम्ति तत् तत् ठाउँमा के के गर्नुपर्छ भन्ने सुझाव यात्राको क्रममा आएको ओलीले प्रष्ट पार्नुभयो ।
नेकपा एमालेले गरेको काम स्थलगत यात्रामा देखिएको ओलीले बताउनुभयो । एमाले सरकारमा हुँदा गरेको काम हेर्न गाउँमा नै छिर्नुपर्छ भन्ने सन्देश यात्राले दिएको उहाँको भनाइ छ ।
नेपालमा आर्थिक विकासको प्रशस्त सम्भावना रहेको र त्यो सम्भावना यात्राको क्रममा पहिचान गरिएको ओलीले बताउनुभयो । तर युवा पङ्ती देशे छाडेर हिँड्नु गम्भीर चुनौती भएको ओलीको भनाइ  छ ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…