हसनपुरमा पुष ८ गतेदेखि वडा स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता

शेयर गर्नुहोस

घोडेटार । भोजपुरको हतुवागढी गाउँपालिका ९ हसनपुरमा भलिबल प्रतियोगिता हुने भएको छ ।

“अनुशासन र इमान्दारिता हो खेलकुद, राष्ट्रको पहिचान र सम्मान हो खेलकुद” भन्ने मूल नाराका साथ वडा स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता हुन लागेको हो ।

हसनपुर खेलकुद विकास समितीको आयोजनामा हुने उक्त प्रतियोगिता पुष ८ देखि १० गते सम्म सञ्चालन हुनेछ । साथै खुल्ला कप्पल ब्याटमिटन प्रतियोगिता समेत हुनेछ ।

प्रतियोगितामा सहभागिताको लागि पुष ७ गते सम्ममा टिम दर्ता गरि सक्नुपर्ने तथा खेलाडी सम्बन्धित वडाको हुनुपर्ने जारी सुचनामा उल्लेख छ ।

खुल्ला कप्पल व्याटमिटन प्रतियोगितामा विजेताले १० हजार नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने पुरुष तर्फ भलिबल विजेतालाई ५५ हजार र उपविजेतालाई ३१ हजार नगद पुरस्कार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ । महिला तर्फ विजेतालाई २५ हजार र उपविजेता टिमलाई १५ हजार नगद पुरस्कार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
त्यस्तै पुरुष तर्फ सेमिफाइनल पुग्ने टिमलाई १० हजार र महिला तर्फ सेमिफाइनल पुग्ने टिमलाई ५ हजार नगद पुरस्कार प्रदान गरिने छ ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…