आज देखि हतुवागढीमा फुटबल प्रतियोगिता सुरु: ११ टिमको सहभागिता

शेयर गर्नुहोस

घोडेटार । भोजपुरको हतुवागढीमा अन्तर वडास्तरीय पुरुष फुटबल प्रतियोगिता आज देखि सुरु भएको छ ।

श्री वालाहाङ्ग सुनाहाङ्ग किरात राई उत्थान समाजको आयोजना तथा हतुवागढी गाउँपालिकाको प्रायोजन रहेको उक्त प्रतियोगिता ११ टिमको सहभागिता रहेको छ ।

हतुवागढी ४ स्थित वालाहाङ्ग सुनाहाङ्ग खेल मैदानमा शुक्रबार (आज) हतुवागढी १ ‘ए’ फुटबल क्लब र हतुवागढी २ ‘बि’ फुटबल क्लब बीच भएको खेलमा हतुवागढी २ लाई १ का विरुद्ध ३ गोल गर्दै हतुवागढी १ अघिल्लो चरण प्रवेश गरेको छ ।

हतुवागढी स्तरीय अन्तर वडा पुरुष फुटबल प्रतियोगिता खेल तालिका

बाँकी खेलहरु शनिबार बिहान ७ बजे देखि सुरु हुनेछ । प्रतियोगितामा विजेताले नगद रु. ३५ हजार पुरस्कार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने, उप–विजेताले नगद रु. २० हजार पुरस्कार साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

हतुवा क्षेत्रमा प्रत्येक वडामा रहेका फुटबल खेलाडीहरुको पहिचान र प्रोत्साहनको उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको उत्थान समाजका सचिव कृपाल सिं राईले जानकारी दिनुभयो ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…