होम्ताङमा मंसिर ६ गते देखि खुल्ला वडास्तरीय महिला/पुरुष भलिबल प्रतियोगिता 

शेयर गर्नुहोस

घोडेटार । भोजपुरको हतुवागढी गाउँपालिका स्थित होम्ताङमा अन्तर वडा स्तरीय खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ ।

हतुवागढी गाउँपालिका वडा नं. ५ र ६ को संयुक्त प्रायोजन र साकेन्वा संरक्षण तथा पुजा समिति हतुवागढी ५ द्धारा आयोजित साकेन्वा सिली मेलाको अवसरमा उक्त प्रतियोगिता हुने भएको हो ।

प्रतियोगितामा खुल्ला रुपमा जुनसुकै गाउँपालिका तथा नगरपालिका अन्तर्गतका सम्बधित वडाबाट पुरुष तथा महिला खेलाडीले खेल्न पाउनेछन् । नकआउटको आधारमा हुन लागेको उक्त प्रतियोगितामा सहभागिताको लागि मंसिर ५ गते सम्म आफ्नो खेलाडी समूह दर्ता गराइ सक्नु पर्नेछ ।

हतुवागढी ५ र ६ को साकेन्वा खेल मैदानमा हुने उक्त प्रतियोगिता मंसिर ६ गते देखि ११ गते सम्म सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगितामा पुरुष तर्फ विजेता समूहले रु. ७५ हजार र उपविजेता समूहले रु. ३५ हजार नगद पुरस्कार सहित प्रमाण पत्र प्राप्त गर्नेछन् । साथै सेमिफाइनल पुग्न सफल दुई टिमलाई नगद रु. ५ हजार सान्त्वना पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिने छ ।

त्यस्तै, महिला भलिबल प्रतियोगिता तर्फ विजेता समूहले रु. ३५ हजार र उपविजेता समूहले रु. २० हजार नगद पुरस्कार सहित प्रमाणपत्र प्राप्त गर्ने छन् भने सेमिफाइनल खेल्ने दुई टिमलाई नगद रु. २५ सय र साथमा प्रमाण पत्र सान्त्वना स्वरुप प्रदान गरिने आयोजकले जनाएको छ ।

उक्त मेलामा मंसिर ३ देखि ५ गते सम्म हतुवागढी ५ र ६ वडा अन्तर्गत टोल विकास संस्था स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुनेछ । यस टोल विकास संस्था स्तरीय भलिबल र डोरी तान प्रतियोगितामा भने ५ र ६ नं. वडाका खेलाडी मात्र सहभागी हुन पाउने छन् ।

टोल विकास संस्था स्तरीय भलिबल प्रतियोगितामा पुरुष तर्फ विजेता टिमले रु. १५ हजार र उपविजेता टिमले रु. १० हजार नगद पुरस्कार सहित प्रमाणपत्र प्राप्त गर्नेछन्, भने महिला तर्फ विजेता टिमले रु. १० हजार र उपविजेता टिमले रु. ५ हजार नगद पुरस्कार सहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यस्तै हतुवागढी ५ र ६ वडा अन्तर्गत टोल विकास संस्था स्तरीय डोरी तान प्रतियोगितामा पहिलो हुने समूहलाई १० हजार, दोस्रो हुने समूहलाई ८ हजार र तेस्रो हुने समूहलाई ६ हजार नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

यस मेलामा खुल्ला हतुवाली सिली प्रतियोगिता हुनेछ । हतुवाली सिली प्रतियोगितामा प्रथम हुने समूहले रु. १५ हजार, दोस्रोले रु। १० हजार र तेस्रो हुने समूहले रु. ५ हजार नगद पुरस्कार सहित प्रमाण पत्र प्राप्त गर्नेछन् ।

मंसिर ३ गतेदेखि ११ गतेसम्म मेला अवधीभर प्रत्येक साँझ आमन्त्रित एवं स्थानीय कलाकारको गायन, नृत्य प्रस्तुती रहने आयोजकले जनाएको छ । रोटे पिङ, लिङ्गे पिङ साथै स्थानीय उत्पादनको प्रदर्शन तथा बिक्री वितरण मेलाको प्रमुख आकर्षण रहने छ ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…