साविक वडास्तरीय भलिबल प्रतियोगितामा वासिङथर्पु विजयी, दोस्रो गोगने र तेस्रो पैरे

शेयर गर्नुहोस

पात्लेपानी । भोजपुरको हतुवागढी गाउँपालिका ८ स्थित साविक अन्तर वडा स्तरीय भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।

युवा समुह, हतुवागढी ८ ले वडादशै, शुभदिपावली २०८० को उपलक्ष्यमा साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको आयोजना गरेको हो ।

विद्यापोखरी खेल मैदानमा मंसिर १ देखि सुरु भएको प्रतियोगिता सोमबार हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईको प्रमुख आतिथ्यतामा समापन गरिएको हो ।

३९ समूहको सहभागिता रहेको प्रतियोगितामा आमचोक गाउँपालिका वासिङथर्पु-कारा भलिबल टिम विजयी बनेको हो ।
फाइनल खेलमा टेम्केमैयुङ गाउँपालिका-गोगने भलिबल टिमलाई पराजित गर्दै उपाधी विजेता बनेको वासिङ भलिबल टिमले रु. ५१ हजार १ सय ११ नगद पुरस्कार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
उपविजेता गोगने भलिबल टिमले रु. ३० हजार नगद पुरस्कार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

त्यस्तै हतुवागढी ९ हसनपुर पैरे प्रतियोगितामा तेस्रो बनेको छ । उपाधिको लागि आयोजक हतुवागढी ८ खुकैला भलिबल टिमलाई हराउँदै तेस्रो विजेता बनेको पैरे भलिबल टिमले रु. १५ हजार नगद पुरस्कार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

नोगेन राईको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा हतुवागढी गाउँपालिका उपाध्यक्ष सुनिता किराती, हतुवागढी वडा नं. ८ अध्यक्ष प्रेमबहादुर थापाको विशेष आतिथ्यता रहेको थियो । त्यस्तै नवीन चाम्लिङ राईले कार्यक्रमको सञ्चालन गरेका थिए ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…