जनजाति महासंघको अध्यक्ष र महासचिव कांग्रेस-एमाले गठबन्धनबाट निर्वाचित

शेयर गर्नुहोस

काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा ग्याल्जेन शेर्पा विजयी भएका छन् । नेपाली कांग्रेस र एमालेबीच भएको गठबन्धबाट शेर्पा अध्यक्ष बनेका थिए । उनले माओवादी केन्द्र र जनता समाजवादीबाट उम्मेदवार बनेका सोनाम लामालाई पराजित गरेका हुन् । शेर्पाले ४४ मत ल्याउँदा लामाले ८ मत मात्रै पाए।

नवलपरासीमा उद्घाटन भएको १० औं महाधिवेशनमा एमाले र कांग्रेसबीच गठबन्धन हुँदा अध्यक्ष कांग्रेस र अन्य बहुमत पदाधिकारी एमालेले लिने सहमति भएको थियो । महासचिवमा पनि कांग्रेस-एमालेकै गठबन्धनबाट दिवस राई निर्वाचित भएका छन् । उनले ३६ मत ल्याएर माओवादी–जसपाका उम्मेदवार सुकविर थामीलाई पराजित गरेका हुन् । थामीले १५ मत मात्रै ल्याए।

अन्य सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्षमा वुद्ध घर्ती निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै ७ जना उपाध्यक्षमा युवराज जिरेल, ध्यानी उराँव, क्षेत्रबहादुर थकाली, गम्भीरसिंह गुरुङ भोटे, लाक्पा शेर्पा, लहरु जिमी र श्रुति कुमाल रहेका छन् ।

त्यस्तै एक उपहासचिवमा रामकृष्ण लामा निर्विरोध निर्वाचित भएका छन् । सचिव पनि सबै निर्विरोध निर्वाचित भएका छन् । सचिवहरुमा मंगलराम दराई, गोविन्द लामा, मोहन राजवंशी, विकास सुरेल, ममता मेचे, छोर्गेल लामा,  यमुना छन्त्याल र भ्रदकुमारी बरामु निर्वाचित भएका छन् । कोषाध्यक्षमा विमल सारु र सहकोषाध्यक्षमा रिदार नोसाङ भोटे निर्विरोध निर्वाचित भएका छन्।

 

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…