हतुवागढी भलिबल रनिङ शिल्ड प्रतियोगिताको पाँच खेल सम्पन्न, आमचोकको दुवै टिम सेमिफाइनल प्रवेश

शेयर गर्नुहोस

घोडेटार । भोजपुरको हतुवागढी-१ घोडेटारमा जारी पालिका स्तरीय भलिबल प्रतियोगिताको चार खेल सम्पन्न भएको छ ।

बिहीबार भएको खेलमा पुरुष तर्फ तीन र महिला तर्फको दुई खेल सम्पन्न भएको हो ।

वेस्ट अफ फाइभको आधारमा नक आउट चरणको उक्त खेलमा आमचोक गाउँपालिकाको माहिला र पुरुष दुवै टिम सेमि फाइनल प्रवेश गरेका छन् ।

पुरुष तर्फ भोजपुरकै टेम्केमैयुङ र महिला तर्फको खेलमा दमक नगरपालिका झापालाई हराउदै आमचोकको दुवै टिम सेमेफाइनल पुगेको हो । 

त्यस्तै पुरुष तर्फ आयोजक हतुवागढीलाई हराउदै झापा पनि सेमिफाइनलमा प्रवेश गरेको छ ।
हतुवागढी र सभापोखरी संखुवासभाबीच हुने खेलमा निर्धारित समय सम्म सभापोखरी टिम उपस्थित नहुँदा स्वतह हतुवागढी विजयी हुँदै सेमिफाइनल पुगेको हो ।

हिजै सम्पन्न महिला तर्फको खेलमा आयोजक हतुवागढीलाई हराउँदै रामप्रसाद राई गाउँपालिका भोजपुर सेमिफाइनल प्रवेश गरेको हो ।

हतुवागढी खेलकुद विकास समितिद्वारा आयोजित ‘हतुवागढी अन्तर गा.पा./न.पा. पुरुष तथा महिला भलिबल रनिङ शिल्ड प्रतियोगिता २०७८’ आज चैत २ गते देखि चैत ५ गते सम्म सञ्चालन हुनेछ ।

प्रतियोगितामा आज (शुक्रबार) को पहिलो खेल पुरुष तर्फ रामप्रसाद भोजपुर र दमक झापा बीच सेमिफाइनलका लागि प्रतिस्पर्धा हुनेछ ।   

 

अन्य पोष्टहरु

चुहारको पक्की पुल सात महिना भित्र बनिसक्ने

चुहारको पक्की पुल सात महिना भित्र बनिसक्ने

शेयर गर्नुहोस भोजपुर ,  २०७९ चैत ६ गते। भोजपुरलाई तराईसँग सबैभन्दा छिटो जोड्ने दक्षिणी नाका चुहारको…
हतुवागढीमा आजदेखि खेलाडी छनोट वडास्तरीय भलिबल प्रतियोगिता

हतुवागढीमा आजदेखि खेलाडी छनोट वडास्तरीय भलिबल प्रतियोगिता

शेयर गर्नुहोसघोडेटार । भोजपुरको हतुवागडीमा आज देखि वडास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने भएको छ…
प्रदेश नामाङ्कनको विषयमा किरात राई यायोक्खा प्रदेश समितिको छलफल

प्रदेश नामाङ्कनको विषयमा किरात राई यायोक्खा प्रदेश समितिको छलफल

शेयर गर्नुहोसइटहरी । किरात राई यायोक्खा प्रदेश कार्य समितिको बिस्तारित बैठक सम्पन्न भएको छ । शुक्रबार…