आगलागी पीडित ८२ वर्षीया राईलाई हतुवागढी गाउँपालिकाकाे सहयाेग

शेयर गर्नुहोस

भोजपुर । हतुवागढी गाउँपालिकाले आगलागि पीडित ८२ वर्षीया सहर माया राईलाई राहत सामग्रि उपलब्ध गराएको छ ।

शनिबार गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई राहत तथा बन्दोबस्तिको सामान लिएर हतुवा ५ टोङमाखावा टोलमा आगलागि पीडितका घरमा निरीक्षणका लागि पुगेका थिए । गाउँपालिका अध्यक्ष राईको नेतृत्वमा घटनास्थल पुगेको रानीबास रेडक्रस प्रतिनिधिले संयुक्त रूपमा पिडित राईलाई सिरक–डस्ना, लत्ताकपडा, भाँडाकुडा, त्रिपाल, खाद्यसामग्री हस्तान्तरण गरेका हुन् ।


नजिकै जङ्गलमा लागेको डढेलो मानव बस्तीमा पुगेर आगलागी हुँदा एक्लै बस्दै आएकी राईको घर पूर्णरूपमा जलेर नष्ट भएको हो । इलाका प्रहरी कार्यालय घोडेटारबाट खटिएको प्रहरी टोली र स्थानीयको सक्रियतामा आगो निभाइएकोले थप क्षति भने भएको छैन । जङ्गल नजिकै घर रहेकाले पूर्णरूपमा जलेर नष्ट भएको वडाध्यक्ष सुरेश कुमार राईले जानकारी दिए । वडाध्यक्ष राईका अनुसार आगलागीबाट घर र गोठ जलेर नष्ट हुनका साथै १२ वटा बाख्रा मरेको छ । आगलागिबाट धनमाल, लत्ता कपडा र पशु चौपाया जलेर नष्ट हुँदा ५ लाख बढीको क्षति भएको जनाइएको छ ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…