एमाले प्रवेश गर्न लागेका रंगेलीका मेयर अग्रवाललाई केपी ओलीले स्वागत गर्ने

शेयर गर्नुहोस

विराटनगर । माओवादी केन्द्रबाट मोरङको रंगेली नगरपालिका प्रमुख बनेका (मेयर) दिलिप बगडिया (अग्रवाल) एमाले प्रवेश गर्ने भएका छन् ।

एमालेले आज बिहान ११ बजेदेखि गर्ने जनसभालाई एमाले अध्यक्ष केपी शर्मा ओली रंगेलीमै पुगेर सम्बोधन गर्ने र सोही सभामा मेयर बगडियालाई पार्टी प्रवेश गराउन लागेको हो ।

माओवादी केन्द्रबाट निर्वाचित बगडियासहित उपाध्यक्ष केशवकुमारी खराल तथा वडाध्यक्षहरू एमालेमा प्रवेश गर्न लागेका हुन् ।

माओवादी र एमालेको एकता टुटेपछि बगडिया एमालेसँग नजिकिएका थिए । एमाले प्रवेश गर्न लागेपछि हिजो माओवादी केन्द्रले मेयर अग्रवाललाई कारबाही गरेको थियो ।

माओवादीले उनलाई पार्टीबाट निष्कासन गर्दै दुई महिनापछि रिक्त हुन लागेको मेयर पदबाट हटाउन निर्वाचन आयोगलाई पत्राचार गर्ने निर्णय गरेको थियो । माओवादी केन्द्रका बैठक छल्दै आएका उनलाई माओवादीले स्पष्टीकरण सोधेको थियो । तर, उनी आफू पार्टीमा प्रतिबद्ध रहेको जवाफ दिँदै आएका थिए ।

बगडिया मोरङमा माओवादी केन्द्रबाट निर्वाचित हुने एक मात्र पालिका प्रमुख हुन् ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…