हतुवागढी गाउँपालिकाको प्रशासनिक भवन शिलान्यास

शेयर गर्नुहोस

घोडेटार । भोजपुरको हतुवागढी गाउँपालिकाले आफ्नो प्रशासनिक भवनको शिलान्यास गरेको छ ।

बुधबार गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले एक कार्यक्रमबीच शिलान्यास गरेका हुन् ।

संघीय सरकारको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत बजेट मार्फत भवन निर्माण गरिने भएको हो ।

चार तले प्रशासनिक भवन भ्याटसहित ७ करोड ५० लाख ४४ हजार १३७ रुपैँया लागतमा निर्माण गर्न लागिएको पालिका अध्यक्ष राईले जानकारी दिए । उनका अनुसार भवनको निर्माण अवधि दुई बर्ष रहेको छ ।

हाल सम्म घोडेटार स्थित पुरानो स्वास्थ्य चौकीको भवनबाट गाउँपालिकाको कार्य सम्पादन हुँदै आएको छ । नयाँ भवन निर्माण पश्चात सेवा प्रवाहमा सहजता हुने गाउँपालिका अध्यक्ष राईले बताए । भवन निर्माण गर्ने समान ल्याउने बाटोका कारण केही समस्या नभए छिटै भवनको निर्माण सम्पन्न गर्ने उनको भनाइ छ ।

भवन निर्माणको जिम्मा पिएमके कि वेस्ट जेभी काठमाण्डौले लिएको छ ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…