हतुवागढी महोत्सवकाे आज तेस्रो दिन गायक तेजेन्द्र गन्दर्भ आउने

शेयर गर्नुहोस

५ कार्तिक, भोजपुर | हतुवागढी गाउँपालिका स्थित घाेडेटार बजारमा जारी बृहत्त हतुवागढी महोत्सव २०८१ काे आज तेस्रो दिन गायक तेजेन्द्र गन्दर्भ आउने भएका छन् ।

सगरमाथा माविको प्राङ्गणमा जारी महोत्सवकाे पहिलो दिन गायिका एलिना चौहान र दोस्रो दिन ओम बज्र ब्यान्डको प्रस्तुति रहेको थियो ।

‘समतामुलक समाज र समुन्नत हतुवागढी, कृषि, उद्धम,पर्यटन र प्रबिधी’ भन्ने मुल नाराका साथ पर्यटन प्रवर्द्धनको लागि सुरु भएको महोत्सवकाे पूर्व मुख्यमन्त्री तथा एमाले नेता शेरधन राईकाे प्रमुख आतिथ्यतामा शनिबार उद्घाघाटन गरिएको हो ।

हतुवागढी गाउँपालिकाको प्रायोजन तथा भोजपुर उद्योग वाणिज्य संघ शाखा कार्यालय घोडेतारको आयोजनामा आगामी कार्तिक १७ गतेसम्म चल्ने महोत्सव उदघाटनका क्रममा सांस्कृतिक झाँकी सहित स्यामुना शिली, हुर्रा, लाखे नाच साथै पञ्चे बाजा र मादले नाच प्रदर्शन गरिएको थियो । भाषा भेषभूषा रैथाने संस्कार संस्कृतिहरूको संरक्षण , पर्यटन रोजगारी स्थानीय उत्पादन र व्यवसायको प्रवर्द्धन गर्ने मुख्य उद्देश्यका साथ आयोजित महोत्सवमा प्रत्येक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ । महोत्सव अवधिभर स्थानीय उत्पादन र कृषिजन्य वस्तु प्रदर्शन तथा बिक्री वितरणको लागि निःशुल्क स्टलको व्यवस्था गरिएको छ ।

उक्त महोत्सवको अवसरमा हतुवागढी खेलकुद बिकासकाे आयोजनामा वडा तथा अन्तर पालिका स्तरीय भलिबल प्रतियोगिता सहित एक सय ५३ मिटर उचाईमा रहेको जिल्लाको सवैभन्दा होचो स्थल माइबेँनीबाट हतुवागढीको एक हजार आठ सय ६५ मिटर उचाई रहेको सवै भन्दा अग्लो स्थान संखाम जोर आहाल हुँदै घोडेटार बजारसम्म करिव २६ किलोमिटर दौड आयोजना गरिएको छ ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…