भोजपुर गोल्डकपको उपाधि गोर्खा ब्वाइजलाई

शेयर गर्नुहोस


भोजपुर । भोजपुरमा सम्पन्न भएको जिल्लाकै सार्वाधिक पुरस्कार राशिको ५ औ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकपको उपाधि गोर्खा ब्वाइजले जितेको छ । विजेता बनेसँगै रुपन्देहीले नगद पाँच लाख र उपविजेता पश्चिम बङ्गालले नगद तीन लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ ।
उपाधि रक्षाको लागि भएको फाइनल खेलमा गोर्खा ब्वाइज रुपन्देहीले भारतको अमुक्ता परिवार पश्चिम बंड्डाललाई ५—० ले स्तब्ध बनाएको हो । सदरमुकाम टुडिखेलमा सम्पन्न फाइनल खेलमा रुपन्देहीको तर्फबाट जर्सि नंम्बर ७ मा मैदान उत्रिएका फोफनाले दुइ गोल गरेका थिए । उनले खेलको ३८औँ र ४४औँ मिनेटमा दुई गोल गर्दै खेललाई अग्रता दिलाएका थिए । यानिकले खेलको ५२ औँ र ७० औँ मिनेटमा दुई गोल गरेका थिए । यस्तै, खेलको ६४औ मिनेटमा जर्सि नम्बर १५ का सुसन तामाङले १ गोल गरेका थिए । फाइनल खेलको म्यान अफ द म्याच रुपन्देहीका खेलाडी फोफना भए ।


यस पटकको उदयमान खेलाडिको उपाधि भोजपुर फुटबल कल्बका प्रविण राई घोषित भएका छन । उत्कृष्ट गोलरक्षक गोर्खा ब्वाइजका देव लिम्बु, उत्कृष्ट रक्षक एवडे गोर्खा ब्वाइजका घोषित भएका छन । उत्कृष्ट मिडफिल्डर सुनिल खड्का र उत्कृष्ट प्रशिक्षक जग्गुनाथ खड्का गोर्खा व्वाइज भएका छन । गोल्डकपमा गोर्खा ब्वाइजका यानिक र अमुक्ता परिवारका सौरभ तामाड्डले पाँच पाँच गोल गर्दै सर्वाधिक गोलकर्ता बनेका छन ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…