हतुवागढी रनिङ शिल्ड महिला भलिबल प्रतियोगिताको उपाधी आमचोकलाई

शेयर गर्नुहोस

घोडेटार । भोजपुरको हतुवागढी-१ घोडेटारमा आयोजित अन्तर पालिका स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।

शनिबार सम्पन्न फाइनल खेलमा भोजपुरकै रामप्रसाद राई गाउँपालिकालाई हराउँदै आमचोक गाउँपालिकाका महिला भलिबल टिम विजेता बनेको हो ।

हतुवागढी खेलकुद विकास समितिको आयोजनामा चैत २ गते देखि जारी उक्त हतुवागढी अन्तर पालिका स्तरीय पुरुष तथा महिला भलिबल रनिङ शिल्ड प्रतियोगिता प्रदेश एकका पूर्व मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको हो ।

उक्त समापन तथा पुरस्कार वितरण कार्यक्रममा प्रदेश एक खेलकुद सदस्य सचीव परशुराम बस्नेत र हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईको विशेष आतिथ्यता रहेको थियो ।

प्रतियोगिताको महिला तर्फ उपाधी विजेता आमचोक महिला भलिबल टिमले नगद ७५ हजार ५ सय ५५ शिल्ड, मेडल र प्रमाण प्राप्त गरेका छ्न् । त्यस्तै उपविजेता रामप्रसाद राई गाउँपालिकाका महिला भलिबल टिमले नगद ५० हजार ५ सय ५५ नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । 

त्यस्तै शनिबारै सम्पन्न पुरुष तर्फको फाइनल खेलमा झापा गाउँपालिकालाई हराउदै हतुवागढी उपाधी विजेता बनेको हो । 

पुरुष तर्फ उपाधी विजेता हतुवागढी भालिबल टिमले नगद १ लाख ५० हजार ५ सय ५५ र साथमा शिल्ड, म्याडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता टिमले नगद १ लाख १ हजार १११ र साथमा म्याडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

खेल अवधिभर निर्णायकको भुमिकामा प्रादेशिक रेफ्री नवीन रिजाल, राजु पाठक र सरस्वती राई रहेका थिए । 

फाइनल खेलमा महिला तर्फ वेस्ट लिफ्टर नुमा श्रेष्ठ, वेस्ट डिफेन्समा आमचोक महिला भलिबल टिमबाट सरला राई, वेस्ट सर्भिसको उपाधी रामप्रसाद महिला भलिबल टिमबाट बिनिता इशारा राई र वेस्ट प्लेयरको उपाधी आमचोक महिला भलिबल टिमकी विमला श्रेष्ठले प्राप्त गरिन् ।   

अन्य पोष्टहरु

विद्यालय बन्द नगर्न आमचोक गाउँपालिकाको निर्देशन

विद्यालय बन्द नगर्न आमचोक गाउँपालिकाको निर्देशन

शेयर गर्नुहोस ४ असोज, भोजपुर । भोजपुरको आमचोक गाउँपालिकाले गाउँपालिकाका कुनैपनी विद्यालय बन्द नगर्न निर्देशन दिएको…
“किरात राई मुन्दुम संस्कार रिसिया” लोकार्पण

“किरात राई मुन्दुम संस्कार रिसिया” लोकार्पण

शेयर गर्नुहोस ३० भाद्र, इटहरी । किरात मुन्दुम अध्ययन केन्द्र नेपालले “किरात राई मुन्दुम संस्कार रिसिया”…
हतुवागढी गाउँपालिकाद्वारा “पालिका गान/गीत” रचनाको आह्वान

हतुवागढी गाउँपालिकाद्वारा “पालिका गान/गीत” रचनाको आह्वान

शेयर गर्नुहोस २७ भाद्र, घोडेटार । भोजपुर हतुवागढी गाउँपालिकाले “पालिका गान/गीत” रचनाको लागि आह्वान गरेको छ…