भोजपुरकी मातृका राई आदिवासी जनजाति महिला महासंघ प्रदेश एकको अध्यक्षमा निर्वाचित

शेयर गर्नुहोस

इटहरी । राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ प्रदेश नं. १ को प्रथम अधिवेशन सम्पन्न भएको छ ।

सोमबार झापाको विर्तामोडमा सम्पन्न उक्त अधिवेशनबाट भोजपुरकी मातृका राईको अध्यक्षमा निर्वाचित भएकी हुन् ।

हिमाल, पहाड र तराईलाई समावेश हुने गरि समिती गठन गरिएको हो । माया राईको संयोजकत्व तथा सुमित्रा ताजपुरिया र लखी गनेस सदस्य सहितको निर्वाचन मण्डल रहेको थियो ।

मातृका राईको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति चयन गरिएको हो । अध्यक्ष पदका लागि निर्वाचन गरिएको तथा अन्य पदमा सर्वसम्मत चयन गरिएको निर्वाचन मण्डलकी संयोजक माया राईले जानकारी दिइन् ।

समितिको उपाध्यक्षमा आशा सरदार, सचीवमा अनिता राजवंशी, सह सचीवमा रेखा भुजेल र कोषाध्यक्षमा नुमा मेचे चयन भएका हुन् । 

राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ केन्द्रीय उपाध्यक्ष लखी गनेसको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त अधिवेशनमा प्रदेश भरिका १४ जातीय संस्थाबाट प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमका बीच महिला महासंघ प्रदेश १ को पूर्व उपाध्यक्ष सनम राजवंशीलाई भुमि आयोग झापाको सदस्य भएकोमा खादा ओढाएर सम्मान गरिएको थियो ।

कार्यक्रममा आदिवासी जनजाति महिला मञ्च प्रदेश अध्यक्ष माया राई, झापा महिला महासंघ अध्यक्ष माया गुरुङ, माननीय सन्जा दनुवार लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

तदर्थ समितिका अध्यक्ष टीका सुब्बाको अध्यक्षतामा सम्पन्न अधिवेशनमा विशेष अतिथी माननीय सन्जा दनुवार, राष्ट्रिय आदिवासी जनजाति महिला मञ्च प्रदेश एक अध्यक्ष माया राई, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ केन्द्रीय कोषाध्यक्ष निर्मला भुजेल, अतिथिमा राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ झापा अध्यक्ष माया गुरुङ, ताजपुरिया संघ अध्यक्ष सुमित्रा ताजपुरिया लगाएतको उपस्थिति रहेको थियो । 

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…