हतुवागढीमा चैत २ देखि पालिका स्तरीय भलिबल र डोरीतान प्रतियोगिता हुने

शेयर गर्नुहोस

२५ फागुन, घोडेटार । भोजपुरको हतुवागढीमा चैत २ देखि ५ गते सम्म अन्तर पालिका स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।

कोभिड–१९ को संक्रमणका कारण स्थगित उक्त प्रतियोगिता पुनः सञ्चालन गर्न लागिएको हो ।

हतुवागढी खेलकुद विकास समितिले बुधबार एक सुचना जारी गर्दै गत स्थगित अन्तर पालिका स्तरीय महिला तथा पुरुष भबिल रनिङ शिल्ड प्रतियोगिता चैत २ देखि पुनः आयोजना गरिएको जनाएको हो ।

युवा पुस्तालाई खेलकुद क्षेत्रमा आकर्षित गराउँदै हतुवागढी क्षेत्रमा भलिबल साथै खेलकुदको प्रवर्द्धन गर्ने उद्देश्यले पुरुष तथा महिला भलिबल प्रतियोगिताको साथमा डोरीतान प्रतियोगिता आयोजना गरिएको हतुवागढी खेलकुद विकास समितिका अध्यक्ष बालकुमार राइले बताए ।

खेलकुद समितिको आयोजना तथा हतुवागढी गाउँपालिकाको प्रायोजनमा हुन लागेको उक्त अन्तर गा.पा/न.पा. स्तरीय महिला/पुरुष भलिबल प्रतियोगिताको पुरुष तर्फ विजेता टिमलाई एक लाख ५० हजार ५ सय ५५ र उपविजेता टिमलाई एक लाख १ हजार १ सय ११ नगद पुरस्कार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ ।

त्यसै गरि महिला तर्फ विजेता टिमलाई ७५ हजार ५ सय ५५ र उपविजेता टिमलाई ५० हजार ५ सय ५५ नगद पुरस्कार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने जारी सुचनामा उल्लेख छ ।


हतुवागढी–१ घोडेटार स्थित सगरमाथा माविको प्राङ्गणमा हुन लागेको उक्त अन्तर पालिका स्तरीय खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगितामा सहभागिताको लागि फगुन ३० गतेभित्र टिम दर्ता गराइ सक्नु पर्नेछ । प्रतियोगितामा जुनसुकै गाउँपालिका तथा नगरपालिकाका महिला/पुरुष खेलाडीहरु सहभागी हुन पाउनेछन् । खेलको टाइसिट चैत १ गते सार्वजनिक गरिने आयोजकले जनाएको छ ।

नकआउट चरणमा खेलाइने उक्त भलिबल प्रतियोगितामा सहभागिताका लागि एक टिममा टिम मेनेजर सहित १० जना सहभागी हुनु पर्ने तथा खेलाडी सम्बन्धित गापा अर्थात नगर पालिकाको हुनुपर्ने जनाइएको छ ।

सहभागिताको लागि खेलाडीले सक्कल नागरिकताको प्रमाणपत्र अनिवार्य उपलब्ध गराउनु पर्ने तथा बसाइसराईको प्रमाण पत्र लागू नहुने समितिद्धारा जारी सुचनामा उल्लेख छ ।

प्रतियोगितामा डोरीतान प्रतियोगिता समेत समावेश गरिएको छ । पुरुष मात्र सहभागी हुन पाउने उक्त डोरी तान प्रतियोगिताको प्रत्येक टीममा ८ जनाको सहभागिता हुनु पर्ने जारी सुचनामा उल्लेख छ ।

डोरी तान प्रतियोगिताको विजेता टिमले २५ हजार र उपविजेता टीमले १५ हजार नगद पुरस्कार सहित प्रमाण पत्र प्राप्त गर्नेछन् ।

अन्य पोष्टहरु

चुहारको पक्की पुल सात महिना भित्र बनिसक्ने

चुहारको पक्की पुल सात महिना भित्र बनिसक्ने

शेयर गर्नुहोस भोजपुर ,  २०७९ चैत ६ गते। भोजपुरलाई तराईसँग सबैभन्दा छिटो जोड्ने दक्षिणी नाका चुहारको…
हतुवागढीमा आजदेखि खेलाडी छनोट वडास्तरीय भलिबल प्रतियोगिता

हतुवागढीमा आजदेखि खेलाडी छनोट वडास्तरीय भलिबल प्रतियोगिता

शेयर गर्नुहोसघोडेटार । भोजपुरको हतुवागडीमा आज देखि वडास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने भएको छ…
प्रदेश नामाङ्कनको विषयमा किरात राई यायोक्खा प्रदेश समितिको छलफल

प्रदेश नामाङ्कनको विषयमा किरात राई यायोक्खा प्रदेश समितिको छलफल

शेयर गर्नुहोसइटहरी । किरात राई यायोक्खा प्रदेश कार्य समितिको बिस्तारित बैठक सम्पन्न भएको छ । शुक्रबार…