हतुवागढीमा चैत २ देखि पालिका स्तरीय भलिबल र डोरीतान प्रतियोगिता हुने

शेयर गर्नुहोस

२५ फागुन, घोडेटार । भोजपुरको हतुवागढीमा चैत २ देखि ५ गते सम्म अन्तर पालिका स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।

कोभिड–१९ को संक्रमणका कारण स्थगित उक्त प्रतियोगिता पुनः सञ्चालन गर्न लागिएको हो ।

हतुवागढी खेलकुद विकास समितिले बुधबार एक सुचना जारी गर्दै गत स्थगित अन्तर पालिका स्तरीय महिला तथा पुरुष भबिल रनिङ शिल्ड प्रतियोगिता चैत २ देखि पुनः आयोजना गरिएको जनाएको हो ।

युवा पुस्तालाई खेलकुद क्षेत्रमा आकर्षित गराउँदै हतुवागढी क्षेत्रमा भलिबल साथै खेलकुदको प्रवर्द्धन गर्ने उद्देश्यले पुरुष तथा महिला भलिबल प्रतियोगिताको साथमा डोरीतान प्रतियोगिता आयोजना गरिएको हतुवागढी खेलकुद विकास समितिका अध्यक्ष बालकुमार राइले बताए ।

खेलकुद समितिको आयोजना तथा हतुवागढी गाउँपालिकाको प्रायोजनमा हुन लागेको उक्त अन्तर गा.पा/न.पा. स्तरीय महिला/पुरुष भलिबल प्रतियोगिताको पुरुष तर्फ विजेता टिमलाई एक लाख ५० हजार ५ सय ५५ र उपविजेता टिमलाई एक लाख १ हजार १ सय ११ नगद पुरस्कार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ ।

त्यसै गरि महिला तर्फ विजेता टिमलाई ७५ हजार ५ सय ५५ र उपविजेता टिमलाई ५० हजार ५ सय ५५ नगद पुरस्कार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने जारी सुचनामा उल्लेख छ ।


हतुवागढी–१ घोडेटार स्थित सगरमाथा माविको प्राङ्गणमा हुन लागेको उक्त अन्तर पालिका स्तरीय खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगितामा सहभागिताको लागि फगुन ३० गतेभित्र टिम दर्ता गराइ सक्नु पर्नेछ । प्रतियोगितामा जुनसुकै गाउँपालिका तथा नगरपालिकाका महिला/पुरुष खेलाडीहरु सहभागी हुन पाउनेछन् । खेलको टाइसिट चैत १ गते सार्वजनिक गरिने आयोजकले जनाएको छ ।

नकआउट चरणमा खेलाइने उक्त भलिबल प्रतियोगितामा सहभागिताका लागि एक टिममा टिम मेनेजर सहित १० जना सहभागी हुनु पर्ने तथा खेलाडी सम्बन्धित गापा अर्थात नगर पालिकाको हुनुपर्ने जनाइएको छ ।

सहभागिताको लागि खेलाडीले सक्कल नागरिकताको प्रमाणपत्र अनिवार्य उपलब्ध गराउनु पर्ने तथा बसाइसराईको प्रमाण पत्र लागू नहुने समितिद्धारा जारी सुचनामा उल्लेख छ ।

प्रतियोगितामा डोरीतान प्रतियोगिता समेत समावेश गरिएको छ । पुरुष मात्र सहभागी हुन पाउने उक्त डोरी तान प्रतियोगिताको प्रत्येक टीममा ८ जनाको सहभागिता हुनु पर्ने जारी सुचनामा उल्लेख छ ।

डोरी तान प्रतियोगिताको विजेता टिमले २५ हजार र उपविजेता टीमले १५ हजार नगद पुरस्कार सहित प्रमाण पत्र प्राप्त गर्नेछन् ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…