‘किरात प्रदेश’ नामकरण सर्वसम्मत रुपमा हुनुपर्छ: किराया अध्यक्ष राई

शेयर गर्नुहोस

विराटनगर । किरात राई यायोक्खा केन्द्रीय अध्यक्ष दिवस राईले प्रदेश एकको नाम पहिचानको आधारमा किरात राख्न माग गरेका छन् ।

सोमबार मुख्यमन्त्री कार्यलयसम्मको मोटरसाइकल र्याली तथा कोणसभालाई सम्बोधन गर्दै यायोक्खा अध्यक्ष राईले सर्वसम्मत रुपमा किरात प्रदेश नामकरण गर्न माग गरेका हुन् ।

अध्यक्ष राईले १ नम्बर प्रदेशको माटोमा हुर्किएको सभ्यता र संस्कृतिको सम्मानको लागि किरात प्रदेश नामाकरण गर्नुपर्ने जिकिर गरे । उनले भने, ‘प्राचीन आदिवासीहरु जसले यो भूमिमा भस्मे खोरिया फाँडेर आफ्नो संस्कृति र सभ्यताको बिजारोपण गरे, ती पुर्खाहरुको सम्मानको निम्ति किरात प्रदेश घोषणा गरौं ।’

‘प्रदेश नामाकरण गर्न दुई तिहाई बहुमत आवश्यक छ, त्यसको लागि यहाँको सबै मुख्य पार्टीहरु मिल्नुपर्ने कुरा बुझेका छौं’ अध्यक्ष राईले भने, ‘प्रदेश सभामा प्रतिनिधित्व गर्ने पार्टीहरुले किरात प्रदेशको नाममा सर्वसम्मत गर्नुहोस्, दुई तिहाइको खोजी नगर्नुस् ।’

किरात प्रदेश नामकरणको लागि आन्दोलन आज मात्रै नभएर विगत देखि नै जारी रहेको अध्यक्ष राईले उल्लेख गरे । किरात प्रदेश नमाकरणको लागि अन्तिम लडाइको साथ सडकमा उत्रिएको उद्घोष गर्दै उनले पहिचानको आधारमा किरात प्रदेश नामाकरण नभए कडाइका साथ आन्दोलन अघि बढ्ने चेतावनी दिएका हुन् ।
यायोक्खा अध्यक्ष राईले कुनैपनी राजनैतिक दलले किरात प्रदेश नामाकरणको आन्दोलनलाई नजरअन्दाज गरेमा त्यसको हिसाब हुने उद्घोष गरेका छन् ।

सोमबार प्रदेश १ का १४ जिल्लाबाट उपस्थित किरात राई यायोक्खा पदाधिकारीहरुले विराटनगर स्थित मुख्यमन्त्री कार्यलय सम्म मोटरसाइकल र्याली प्रदर्शन गरेका थिए ।

किरात राई यायोक्खा केन्द्रीय समितिद्वारा आयोजित उक्त र्याली प्रदर्शन, प्रदेश सभा घेराउ साथै किरात प्रदेश नामकरणको माग सहित मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई ज्ञापन पत्र बुझाइएको हो ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…