हतुवागढी -५ को वडाध्यक्षमा एमाले उम्मेदवार सुरेश कुमार राई निर्वाचित
- स्थानिय तह
- May 16, 2022
घोडेटार । भोजपुरको हतुवागढी गाउँपालिका ५ को वडाध्यक्ष पदमा नेकपा उम्मेदवार सुरेश कुमार राई निर्वाचित भएका छन् ।
आइतबार राती सम्पन्न मतगणना अनुसार ५५१ मतका साथ वडाध्यक्षमा सुरेश कुमार राई प्यानलै सहित विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवारले २१० मत प्राप्त गरे भने जनता समाजवादी पार्टीका उम्मेदवार राम कुमार राईले १२५ मत प्राप्त गरे । उक्त वडामा खसेको कुल मत ९६५ रहेको थियो ।
हतुवागढी गाउँपालिका अन्तर्गतका सबै वडाको मत गणना सम्पन्न भएको छ । गाउँपालिका प्रमुखमा नेकपा एमालेका उम्मेदवार प्रेमकुमार राई र उपप्रमुखमा गठबन्धनकी उम्मेदवार सुनिता किराती निर्वाचित भएकी हुन् ।
हतुवागढी गाउँपालिका अन्तर्गतका ९ वटा वडाहरु मध्ये ७ वटा वडामा नेकपा एमाले विजयी भएको छ भने २ वटा वडामा नेपाली कांग्रेस विजयी भएको छ ।
जसमा वडा नम्बर १,२,३,४, ६ र ९ नम्बर वडामा एमालेको विजयी भएको छ भने वडा नम्बर ७ र ८ मा नेपाली कांग्रेसको प्यानलै विजयी भएका छन् ।