भोजपुरको हतुवागढीमा मतगणना अन्तिम चरणमा, एक वडाको मात्रै नतिजा आउन बाँकी

शेयर गर्नुहोस

घोडेटार । भोजपुरको हतुवागढी गाउँपालिका अन्तर्गतका ८ वटा वडाको मतगणना सम्पन्न भएको छ ।

आइतबार राती १२ बजे सम्म हतुवागढी गाउँपालिका १, २, ३,४, ६, ७, ८ र ९ नम्बर वडाको मत गणना सम्पन्न भएको हो ।

मतगणना सम्पन्न वडा मध्ये वडानम्बर १ मा एमाले उम्मेदवार कुमार बिष्ट, २ नम्बर वडामा एमाले उम्मेदवार बिचारी थापा, वडा नम्बर ३ मा एमाले उम्मेदवार राजकुमार राई, वडा नम्बर ४ मा एमालेका चन्द्रबहादुर बिष्ट, वडा नम्बर ६ मा एमालेका मोहन कुमार राई, ९ नम्बर वडामा एमाले उम्मेदवार सन्जल राई, वडा नम्बर ७ मा नेपाली कांग्रेसका जंगराज राई र ८ नम्बर वडामा नेपाली कांग्रेसका उम्मेदवार प्रेमबहादुर थापा वडाध्यक्ष पदमा निर्वाचित भएका छन् ।

हालसम्मको नतिजा अनुसार नेपाली कांग्रेसले वडा नम्बर ७ र ८ मा प्यानलै विजयी भएको छ भने वडा नम्बर १ को महिला सदस्यमा विजयी भएको छ । त्यस्तै नेकपा एमालेबाट वडा नम्बर २, ३,४,६ र ९ मा प्यानलै विजयी भएका छन् । वडा नम्बर १ मा भने महिला वडा सदस्य बाहेक वडाध्यक्ष सहितका सदस्य पदमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।

हाल वडा नम्बर ५ को मतगणना कार्य जारी रहेको छ ।

८ वटा वडाको मतगणना सकिँदा पालिका प्रमुखमा एमाले र उपप्रमुखमा गठबन्धनको अग्रता कायमै

हतुवागढीमा ८ वटा वडाको मतगणना सकिँदा पालिका प्रमुखमा एमालेका उम्मेदवार प्रेमकुमार राई र उपप्रमुखमा गठबन्धनको उम्मेदवार सुनिता किरातीको अग्रता कायम रहेको छ ।

८ वडाको हाल सम्म सम्पन्न मतगणना अनुसार पालिका प्रमुखमा एमाले उम्मेदवार राईको ३४९० र गठबन्धनका उम्मेदवार गजेन्द्र बहादुर कार्कीको ३०६९ मत रहेको छ । त्यस्तै उप प्रमुखमा एमाले उम्मेदवार कमला राईको ३०८१ र गठबन्धन उम्मेदवार किरातीको ३४०५ मत रहेको छ ।

प्राप्त मतका अनुसार प्रमुखमा एमालेको ४२१ र उपप्रमुखमा गठबन्धनको ३२४ मतान्तरले अग्रता कायम रहेको छ ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…