पौष १८ र १९ गते हतुवागढीमा नि:शूल्क आँखा शिविर

शेयर गर्नुहोस

१३ पौष, घोडेटार । भोजपुरको हतुवागढी गाउँपालिका स्थित आँखाको नि:शूल्क शल्यक्रिया शिविर सञ्चालन गरिने भएको छ ।

नेपाल नेत्रज्योति संघ आँखा तथा कान उपचार केन्द्र, भोजपुरको आयोजना तथा हतुवागढी गाउँपालिकाको सहयोगमा उक्त शिविर पौष १८ र १९ गते सञ्चालन हुने भएको हो ।

प्राथमिक स्वास्थ्य केन्द्र घोडेटारमा हुन लागेको उक्त शिविरमा नेत्र विशेषज्ञहरुद्वारा आँखाका सम्पूर्ण रोगहरुको जाँच तथा उपचार, आँखामा मोतिविन्दु, मासु पलाएको लगायत रोगको नि:शूल्क शल्यक्रिया गरिने तथा चश्मा साथै औषधी सहुलियत मूल्यमा उपलब्ध गराइने जारी सुचनामा उल्लेख छ ।

दिनको बिहान ९ बजे देखि ३ बजे सम्म उक्त शिविर सञ्चालन गरिने जनाइएको छ ।

नेपाल नेत्रज्योति संघ विराटनगर आँखा अस्पताल, रानीको प्राविधिक सहयोग रहने उक्त शिविरको व्यवस्थापन प्राथमिक स्वास्थ्य केन्द्र, घोडेटार र हतुवागढी आँखा उपचार केन्द्रले गर्नेछ ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…