प्रदेश १ को नामकरण प्रस्ताव पेस गर्न सांसदहरुलाई आह्वान

शेयर गर्नुहोस

विराटनगर । प्रदेश १ को प्रदेशसभा सचिवालयले प्रदेश नामकरणसम्बन्धी प्रस्ताव पेस गर्न सांसदहरुलाई सूचित गरेको छ ।

प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले बुधबार सूचना प्रकाशित गर्दै बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्ममा नामकरणसम्बन्धी आफ्नो प्रस्ताव पेस गर्न आह्वान गरेका हुन् ।

सभामुखको आदेशानुसार सचिव पराजुलीले प्रकाशित गरेको सूचनामा प्रदेशसभा नामकरणका लागि प्रदेशसभा नियमावली, २०७४ ९पहिलो संशोधनसमेत० को नियम ५८ ९ख० ९१० बमोजिम सोही नियमावलीको अनुसूची–९ को ढाँचामा प्रस्ताव पेस गर्न भनिएको छ । प्रदेशसभा सचिवालयले प्रदेश नामकरण प्रस्ताव पेस भइ निर्णय हुने गरी आजको प्रदेशसभा बैठकको कार्यसूची उल्लेख गरेको छ ।

p1

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…