मतदाता नामावलीमा नाम भएको तर परिचयपत्र हराएकाले पनि भोट हाल्न पाउने

शेयर गर्नुहोस

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा दर्ता गराएका नयाँ मतदाता र परिचय पत्र हराएकाहरूलाई मतदाता परिचयपत्र दिने भएको छ।

आयोगले मंगलबार पत्रकार सम्मेलन गरी वैशाख २९ गतेसम्म १८ वर्ष पुगिसकेका व्यक्तिहरूको मतदाता नामावलीमा नाम दर्ता गराएकाहरूले पनि मतदान गर्न पाउने बताएको हो।

वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा मतदाता नामावलीमा नाम भएको तर परिचयपत्र हराएकाहरूले पनि नागरिकताको आधारमा मतदान गर्न पाउने भएका छन् ।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले पनि मतदाता नामावलीमा भएका व्यक्तिहरूले मतदान गर्न पाउने भएको बताए।

मतदानका लागि निर्वाचन आयोगले देशैभरि दश हजार ७५६ वटा मतदान स्थल र २१ हजार ९५५ वटा मतदान केन्द्र तोकि सकेको छ । अहिलेको व्यवस्थाअनुसार मतदानभन्दा ४८ घण्टाअगाडि मतदात केन्द्रहरूमा मतदान अधिकृतहरूलाई पठाइन्छ । आयोगले मतदान अधिकृतहरू मतदान केन्द्रमा पुगेकै दिनदेखि स्वयंसेवक खटाएर मतदाता परिचयपत्र बाँड्ने व्यवस्था मिलाउँदै आएको छ ।

स्थानीय निर्वाचनका लागि आफ्नो मतदाता नामावली दर्ता भएको स्थानीय तहबाट मात्र मतदान गर्न सकिन्छ । मतदान गर्न मतदाताले आयोगद्वारा जारी मतदाता परिचयपत्र अनिवार्य रूपमा देखाउनुपर्ने व्यवस्था छ । तर मतदाता परिचयपत्र हराएमा वा नभएमा नागरिकताको आधारमा मतदान गर्न पाइने आयोगले जनाएको हो ।

अन्य पोष्टहरु

हतुवागढी-५ का वडाध्यक्षको निर्णय: आफ्नो सेवा सुविधाबाट उत्कृष्ट शिक्षक र विद्यार्थीलाई पुरस्कृत तथा सुत्केरी भत्ता प्रदान

हतुवागढी-५ का वडाध्यक्षको निर्णय: आफ्नो सेवा सुविधाबाट उत्कृष्ट शिक्षक र विद्यार्थीलाई पुरस्कृत तथा सुत्केरी भत्ता प्रदान

शेयर गर्नुहोस      –अर्जुन राई अपहेलित जेष्ठ ९, घोडेटार । भोजपुरको हतुवागढी गाउँपालिका वडा नम्बर…
मनोज पाण्डेलाई पाँच दिन हिरासतमा राखी अनुसन्धान गर्न अदालतको अनुमति

मनोज पाण्डेलाई पाँच दिन हिरासतमा राखी अनुसन्धान गर्न अदालतको अनुमति

शेयर गर्नुहोस काठमण्डाै । ल्ला अदालत काठमाडौंले बलात्कार आरोपमा पक्राउ परेका कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डेलाई पाँच…
हतुवागढी गाउँपालिकाको महत्वपुर्ण निर्णयः ६५ वर्षभन्दा माथिकालाई निःशुल्क एम्बुलेन्स सेवा

हतुवागढी गाउँपालिकाको महत्वपुर्ण निर्णयः ६५ वर्षभन्दा माथिकालाई निःशुल्क एम्बुलेन्स सेवा

शेयर गर्नुहोस भोजपुर । हतुवागढी गाउँपालिकाले गाउँपालिका क्षेत्र भित्रका ६५ वर्षभन्दा माथि उमेरका ज्येष्ठ नागरिकलाई निःशुल्क…