भोजपुरमा बन्यो “एक करोडको नोट” भिडियो सहित

शेयर गर्नुहोस


भोजपुर । आर्जु मिडिया प्रा.ली.को व्यानरमा निर्माण भएको चलचित्र “एक करोडको नोट” को टाइटल गित आज विमोचन गरिएको छ । भोजपुरको बिभिन्न स्थानमाहरुमा छायाँकन गरी निर्माण गरिएको चलचित्र प्रदर्शनको अन्तिम तयारीमा रहेको निर्माण समितिको अध्यक्ष विबेक राईले बताए । पत्रकार महासंघको हलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि भोजपुर नगरपालिकाका मेयर कैलाश आलेले गित सार्वजानिक गनुभएको थियो । गितमा अन्जु पन्त र निशान भट्टराईको स्वर रहेको छ । डिबि खनाल र अभिनास राईको सब्दमा अभिनास राईले संगित भरेका छन । कलाकारहरु करण श्रेष्ठ र उशा उप्रेतीको अभिनय रहेको आर्जु मिडया प्रा‍‍.लि.का संञ्चालक अर्जुन बस्नेतले जानकारी दिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेले चलचित्र मार्फत कलाकारको क्षमतालाई उजागार गरेको बताए । कार्यक्रममा उपमेयर ममिता राई , उद्योग वाणिज्य संघका अध्यक्ष धुव्रलाल श्रेष्ठ,नेपाल पत्रकार महासंघ अध्यक्ष एक्सन राई लगायतको उपस्थिति रहेको थियो ।

अन्य पोष्टहरु

चुहारको पक्की पुल सात महिना भित्र बनिसक्ने

चुहारको पक्की पुल सात महिना भित्र बनिसक्ने

शेयर गर्नुहोस भोजपुर ,  २०७९ चैत ६ गते। भोजपुरलाई तराईसँग सबैभन्दा छिटो जोड्ने दक्षिणी नाका चुहारको…
हतुवागढीमा आजदेखि खेलाडी छनोट वडास्तरीय भलिबल प्रतियोगिता

हतुवागढीमा आजदेखि खेलाडी छनोट वडास्तरीय भलिबल प्रतियोगिता

शेयर गर्नुहोसघोडेटार । भोजपुरको हतुवागडीमा आज देखि वडास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने भएको छ…
प्रदेश नामाङ्कनको विषयमा किरात राई यायोक्खा प्रदेश समितिको छलफल

प्रदेश नामाङ्कनको विषयमा किरात राई यायोक्खा प्रदेश समितिको छलफल

शेयर गर्नुहोसइटहरी । किरात राई यायोक्खा प्रदेश कार्य समितिको बिस्तारित बैठक सम्पन्न भएको छ । शुक्रबार…