भोजपुरको हतुवागढीमा १५ दिने हेण्डबल प्रशिक्षण सम्पन्न

शेयर गर्नुहोस

घोडेटार । भोजपुर जिल्ला ह्याण्डबल संघद्वारा आयोजित हेण्डबल खेल प्रशिक्षण सम्पन्न भएको छ ।

हतुवागढी-१ घोडेटार स्थित सगरमाथा माविमा जारी उक्त हेण्डबल खेल प्रशिक्षण पालिका अध्यक्ष प्रेमकुमार राईको प्रमुख आतिथ्यमा बुधबार (आज) समापन गरिएको हो ।

उक्त समापन कार्यक्रमलाई सम्बोधन गर्दै पालिका अध्यक्ष्य राईले हेण्डबल खेल भोजपुर जिल्लाको लागि नयाँ खेल भएको उल्लेख गर्दै उक्त खेल प्रशिक्षण गराउन हतुवागढी गाउँपालिकालाई अवसर प्राप्त भएको बताए ।

१५ दिन सम्म सञ्चालनमा रहेको उक्त प्रशिक्षणमा हतुवागढी गाउँपालिका अन्तर्गतका महिला र पुरुष गरि १०० जना खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ ।

उक्त खेल प्रशिक्षणबाट जिल्लामा हेण्डबल खेलका लागि २ महिला समुह र १ पुरुष समूह तयार गरिएको भोजपुर हेण्डबल संघका अध्यक्ष मुक्ती राईले जानकारी दिए ।

हतुवागढी गाउँपालिका उपाध्यक्ष सुनिता किरातीको विशेष आतिथ्यता रहेको उक्त समापन कार्यक्रममा सगरमाथा माविका प्रधानध्यापक हेमराज न्यौपाने, हतुवागढी गाउपालिका वडा नम्बर २ का वडाध्यक्ष बिचारी थापा लगायतको उपस्थिति रहेको थियो ।

समापन कार्यक्रमकाबीच महिला खेलाडी प्रशिक्षार्थीले मैत्रीपुर्ण खेल प्रदर्शन गरेका थिए । उदयपुर जिल्ला ह्याण्डबल संघका राष्ट्रीय खेलाडी सबिन मगर सहितको प्रशिक्षक टोलीले उक्त १५ दिने ह्याण्डबल खेलमा प्रशिक्षण दिएका हुन् ।

भोजपुर जिल्ला ह्याण्डबल संघका अध्यक्ष मुक्ती राईको अधक्ष्यतामा सम्पन्न उक्त कार्यक्रम सन्चालन संघका सचिव रबिन थापाले गरेका थिए ।

अन्य पोष्टहरु

चोरीभएको सुन सहित नगद बरामद

चोरीभएको सुन सहित नगद बरामद

शेयर गर्नुहोस भोजपुर । भोजपुर नगरपालिका ५ बोखिममा चोरी भएको नगद र सुन बरामद भएको छ…

त्रिवि दिवसमा भोजपुर क्याम्पसले गर्यो विभिन्न कार्यक्रम

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । त्रिभुवन विश्वविद्यालयको ६५ ‌औ वार्षिक दिवसको अवशरमा भोजपुर बहुमुखि क्याम्पसले…
भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।…