भोजपुरमा एकै परिवारका चार जनाको विभत्स हत्या, ज्वाई पक्राउ

शेयर गर्नुहोस

भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिका–२ धोद्लेखानीमा एकै परिवारका चार जनाको विभत्स हत्या भएको छ ।

भोजपुर नगरपालिका–२ हेलाैछा घर भएका राजेन्द्र राईले आफ्नै ससुराली पक्षका चार जनाको हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार हत्या हुनेमा ससुरा वेलबहादुर गिरी, सासु मञ्जु गिरी, श्रीमती मनिषा गिरी र सपन गिरी रहेका छन् ।

प्रहरीका अनुसार हत्याको कारण अहिले अनुसन्धानको क्रममा छ भने घटनास्थलमा प्रहरी टोली खटिएको छ । प्रारम्भिक विवरण अनुसार घरेलु विवादका कारण घटना भएको हुन सक्ने अनुमान गरिएको छ तर विस्तृत विवरण आउन बाँकी छ ।

पक्राउ परेका राईलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…