भोजपुर मचुवाटारका दुई बालिका अरूण नदीमा बेपत्ता

शेयर गर्नुहोस

घोडेटार । भोजपुर हतुवागढी ९ मचुवाटारका दुई बालिका अरूण नदीमा बेपत्ता भएका छन् ।

बुधबार (आज) दिउँसो २ः३० बजे तिर नदीमा नुहाउन गएका १३ वर्षीया खुसी राई र १२ वर्षीया कृषिका राई नदीमा बेपत्ता भएका हुन् ।

विद्यालय छुट्टीको दिन नुहाउन भनि नदिमा गएका तीन बालिका मध्ये दुईजना नदिमा बेपत्ता भएका हुन् । एक जना मात्र घर फर्किए पछि परिवारले थाहा पाएका थिए ।  सुरक्षाकर्मी र स्थानीयहरुको सहभागितामा खोजि कार्य भएको तर बर्खाको समयमा पानीको वहाब बढ्ने र बाढी आउने भएकाले खोजिकार्य जटिल बनेको स्थानीय बताउँछन् ।

बेपत्ता बालिका धनकुटाको सिम्ले स्थित श्री अनिवार्य निःशुल्क माध्यमिक विद्यालयमा पढ्दै रहेको परिवार स्रोतले जनाएको छ । कक्षा ८ मा अध्ययनरत उनीहरू कक्षाकै प्रथम र द्धितीय विद्यार्थी रहेको जनाइएको छ ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…