भोजपुरको टम्केमैयुङका विद्यार्थीलाई न्यानो कपडा साथै स्टेशनरीका सामाग्री वितरण

शेयर गर्नुहोस

 भोजपुर । भोजपुरको टम्केमैयुङ गाउँपालिका –३ अन्नपुर्ण स्थित बाघधन रणदिप माविका विद्यार्थीलाई न्यानो कपडा साथै स्टेशनरीका सामाग्री वितरण गरिएको छ ।

बिहीबार गरस चिया उघोगले सरस्वती पुजाको अवसर बाघधन माविमा अध्यरत (नर्सरी) कक्षा शिशु देखि कक्षा ५ सम्मका विद्यार्थीहरुलाई उक्त सामाग्री वितरण गरेको हो ।

गरस चिया उघोगका प्रोपाइटर रंजित गिरीले आउने दिनहरूमा अझधेरै सामाजिक कार्यक्रम सहभागीता जनाउने साथै विद्यालयका बालबालिकालाई छात्रवृतिको व्यवस्था गर्ने योजना रहेको बताएका छन् ।

उक्त कार्यक्रम टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतको प्रमुख आतिथयतामा समपन्न गरिएको थियो । गरस चिया उघोगका प्रोपाइटर रंजित गिरीका बुबा सहरमान गिरीको हातबाट उक्त सामाग्री वितरण गरिएको हो ।

रवि कुमार राईको अध्यक्षतामा आयोजित कार्यक्रममा ३ नम्बर वडाध्यक्ष पुर्ण प्रसाद राई, ४ नम्बरका वडाध्यक्ष हर्कराज राई, पालिका सदस्य मकनादेवी चमर्कार, पूर्व गाविस अध्यक्ष विष्णु कुमार राई, विद्यालयका प्रधानध्यापक डमबर राई साथै अभिभावक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…