यूएईसँग नेपाल पराजित

शेयर गर्नुहोस
४ चैत, काठमाडौं ।आईसीसी विश्वकप लिग टूमा नेपालले युएईसँग ४८ रनको हार ब्यहोरेको छ । १६९ रनको लक्ष्य पछ्याएको नेपाल ३५.१ ओभरमा १२० रनमै अलआउट भयो ।

दुवई अन्तर्राष्ट्रिय रंगशालामा टस हारेर पहिले फिल्डिङ गरेको नेपालको बलिङ प्रदर्शन उत्कृष्ट थियो । थोरै लक्ष्यमा पनि नेपाली ब्याटरहरुले संयमित प्रदर्शन गर्न सकेनन् ।

ब्याटिङतर्फ नेपालले ५ ओभरभित्र दुवै ओपनर गुमाइसकेको थियो । युएईका जुनियाद सिद्धकीले पाँचौं ओभरको पहिलो र चौथो बलमा ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखलाई क्रमसः ११ र ७ रनमा आउट गरेका थिए । चौथो नम्बरमा आएका दीपेन्द्रसिंह ऐरीले पनि ४ रनमा रनआउटको शिकार बने ।

चौथो विकेटका लागि ज्ञानेन्द्र मल्ल र रोहितकुमार पौडेलले ५५ रनको साझेदारी गर्दै पारी उकास्ने प्रयास गरेका थिए । ६२ बल खेलेर १ चौका प्रहार गरेका ज्ञानेन्द्र २८ रनको स्कोरमा आउट हुँदा नेपाल २३ ओभरमा ८२–४ को स्थितिमा पुग्यो ।

अघिल्लो खेलमा पपुवा न्युगिनीविरुद्ध ६० रनको अर्धशतकीय पारी खेलेका रोहित कुमार पौडेलले यूएईविरुद्ध पनि टिमका लागि सर्बाधिक स्कोर गरे । ६० बलमा ४ चौका प्रहार गरेका रोहित करिअरको पाँचौं एकदिवशीय अर्धशतकबाट ४ रनले चुके ।

मध्यक्रममा आरिफ शेख, सोमपाल कामी र कमलसिंह ऐरीले दोहोरो अंकको स्कोर गर्न सकेनन् । बलिङतर्फ यूएईका बासिल अहमदले ४ विकेट लिए । उनले ५ ओभरमा १ मेडन राख्दै १५ रनमात्र खर्चिए । जुनियाद सिद्धकीले ३ विकेट लिए ।

यसअघि युएईलाई सस्तैमा समेट्न नेपालका तीव्र बलरद्वय सोमपाल कामी र करण केसीले क्रमसः ४ र ३ विकेट लिएका थिए । सोमपालले शीषक्रमका तीन ब्याटरलाई सुरुवाती १० ओभरभित्रै आउट गरेपछि यूएई सुरुदेखि नै दवावमा थियो ।

सोमपालले चौथो ओभरमा ओपनर चिराग सुरीलाई ६ रनको व्यक्तिगत स्कोरमा विकेटकिपर आसिफशेखबाट क्याच आउच गराए थिए भने ५.१ ओभरमा भृत्य अरविन्दलाई ३ रनको व्यक्तिगत स्कोरमा आसिफबाटै क्याचबउट गराए ।

९.१ ओभरमा सोमपालले तेस्रो विकेट लिने क्रममा अर्का ओपनर मोहम्मद वासिमलाई ज्ञानेन्द्र मल्लबाट क्याचआउट गराए । वासिम २१ रन बनाएर आउट भए ।

युएईले पावर प्लेमा ३ विकेट गुमाएर ३५ रन मात्र जोडेको थियो । त्यसपछि ११औं ओभरको तेस्रो बलमा करण केसीले २ रन बनाएका आसिफ खानलाई आउट गराएपछि युएई ३५–४ को स्थितीमा पुगेको थियो । नेपालले १९ ओभरसम्म तीन तिव्र गतिका बलर प्रयोग गरेको थियो ।

तर सीपी रिजवान र रोहन मुस्ताफाले पाँचौ विकेटका लागि २३ ओभरमा ७७ रनको साझेदारी गरे । दुवैले ४०–४० रन बनाए । मुस्ताफाले २ चौका र १ छक्का समेत प्रहार गरे । सीपी रिजवानलाई ३४औं ओभरमा कप्तान सन्दीप लामिछानेले आसिफ शेखबाट क्याचआउट गराए भने मुस्ताफालाई ३९औं ओभरमा दीपेन्द्र सिंह ऐरीले बोल्ड गरे ।

त्यसपछि सागर ढकालले बसिस हमिदलाई ४१औं ओभरमा ज्ञानेन्द्र मल्लबाट क्याचबउट गराउँदै ओडीआईमा डेब्यु विकेट लिए । हमिदले १४ रन बनाए । कासिफ दाउदले १८ रन जोडे । कासिफलाई सोमपालले ४६औं ओभरमा कुशल भुर्तेलबाट क्याचआउट गराएका हुन् ।

कप्तान अहमेद राज १३ रन बनाएर आउट भए । उनलाई करण केसीले दीपेन्द्र सिंह ऐरीबाट क्याचआउट गराए ।

बलिङमा नेपालका लागि सोमपाल कामीले ९ ओभरमा ३९ रन खर्चेर ४ विकेट लिए । यस्तै किफायती बलिङ गरेका करण केसीले ७।३ ओभरमा १ मेडन राख्दै १६ रन खर्चेर ३ विकेट लिए ।

कप्तान सन्दीप लामिछानेले १० ओभरमा १ मेडन राख्दै ३० रन खर्चिएर १ विकेट लिए । दीपेन्द्रले १० ओभरमा ४२ रन खर्चेर १ विकेट लिए । सागरले ४ ओभरमा १३ रन खर्चेर १ विकेट लिए ।

 

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…