हतुवागढीमा एमाले भर्सेस गठबन्धन: यस्तो छ गत निर्वाचन २०७४ को मत परिणाम

शेयर गर्नुहोस

अर्जुन राई अपहेलित
वैशाख २७, घोडेटार । आगामी ३० वैशाखमा देशभरका ६ महानगर, ११ उपमहानगरसहित सात सय ५३ स्थानीय तहमा निर्वाचन हुँदै छ ।

भोजपुरको हतुवागढीमा पनि चुनावको रौनक उत्तिकै छाएको छ । यति बेला उम्मेदवारहरु घरदैलोमा व्यस्त छन् भने हतुवागढीको केन्द्र घोडेटार बजार चुनावी गितले गुञ्जमान बनेको छ ।

जिल्लाकै दुर्गम मानिने हतुवागढी गाउँपालिकाको प्रमुख पदमा नेकपा एमालेबाट प्रेमकुमार राई र ५ दलीय गठबन्धनबाट कांग्रेस नेता गजेन्द्र बहादुर कार्कीको उम्मेदवारी रहेको छ ।

कुनै होटल, पसल देखि सामाजिक सञ्जाल फेसबुक सम्म उम्मेदवार बीचको टिकाटिप्पणी भई रहेका छन् ।

नेकपा एमाले भोजपुरका पूर्व जिल्ला अध्यक्ष तथा एमाले प्रदेश सदस्य प्रेमकुमार राई गत स्थानीय निर्वाचन २०७४ मा निर्वाचित पालिका अध्यक्ष हुन् । हतुवागढीको विकास निर्माणको काममा सुरुवाती चरण देखि जोडिएका राईलाई पार्टीले पुनः पालिका प्रमुखका लागि अघि सारेको हो ।

त्यस्तै ५ दलीय गठबन्धनको तर्फबाट पालिका प्रमुखमा कांग्रेस नेता गजेन्द्र बहादुर कार्कीको उम्मेदवारी रहेको छ । नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपालको तर्फबाट साझा उम्मेदवार कार्की नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन् ।

त्यसैगरी उप प्रमुख पदमा नेकपा एमालेले कमला राईलाई अघि सारेको छ भने गठबन्धनको तर्फबाट सुनिता किरातीको उम्मेदवारी रहेको छ । माओवादी नेत्री सुनिता गत निर्वाचनमा पनि उप प्रमुख पदका उम्मेदवार थिए । एमालेका उम्मेदवार चन्द्रमा राईसँग पराजित उनलाई पार्टीले यसपटक पुन: उम्मेदवारको रुपमा अघि सारेको हो ।

हतुवागढी गाउँपालिका प्रमुखका दुवै उम्मेदवार हतुवागढी ४ नम्बर वडाका हुन् । हतुवागढी गाउँपालिका अन्तर्गत ९ वटा वडाहरु रहेका छन् । जस मध्ये गत निर्वाचनमा लगातार वडा नम्बर १, २, ३, ४, ५ नेकपा एमालेले विजयी हासिल गरेको हो । त्यस्तै वडा नम्बर ६, ७ र ९ नेपाली कांग्रेस र वडा नम्बर ८ मा माओवादी केन्द्रले जित्न सफल भएको थियो ।

आसन्न ३० वैशाखको चुनावमा नेकपा एमालेले हतुवागढीका सबै वडामा उम्मेदवार खडा गरेको छ । पालिका तहमा गठबन्धन भएका दल वडामा छुट्टाछुट्टै उम्मेदवार खडा गरि चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । नेकपा माओवादी केन्द्रले ८ नम्बर वडामा प्यानलै उम्मेदवार खडा गरेको छ भने ३ र ९ नम्बर वडामा कांग्रेस र जसपा सँग गठबन्धन गरेको छ ।

त्यस्तै नेपाली कांग्रेसले केही वडामा गठबन्धन गरि सबै वडाको अध्यक्षमा उम्मेदवार खडा गरेको छ । गठबन्धनको अर्को दल जनता समाजवादी पार्टी नेपालले हतुवागढी ५ नम्बर वडामा प्यानलै उम्मेदवार खडा गरेको छ भने वडा नम्बर १ र २ मा अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

त्यसै गरि हतुवागढी ९ नम्बर वडामा मंगोल नेशनल अर्गनाइजेसनको तर्फबाट अमर राईले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् भने वडा नम्बर १ मा काजिराम बस्नेतको अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी रहेको छ ।

सबै दलका उम्मेदवारहरु एकले अर्काको विरासत भत्काउने तथा गुमेको साख फर्काउने रणनीतिका साथ घरदैलो अभियानमा जुटिरहेका छन् । तथापी कुन पक्ष सफल असफल हुन्छन् भन्ने आधार कसै सँग छैन ।

हतुवागढी गाउँपालिका अन्तर्गत ९ वटा मतदान केन्द्र रहेका छन् । उक्त मतदान केन्द्रबाट २८ र २९ गते नयाँ मतदाता परिचयपत्र वितरण गरिने निर्वाचन कार्यलय हतुवागढीका निर्वाचन अधिकृत राजेशबाबु घिमिरेले जानकारी दिए ।

१६ हजार ३ सय २ कुल जनसंख्या रहेको हतुवागढीमा १४ हजार १ सय ८० मतदाता रहेका छन् । जसमा पुरुष मतदाता संख्या ७ हजार ७८ रहेका छन् भने ७ हजार १ सय २ जना महिला मतदाता संख्या रहेको छ ।

यस्तो छ गत निर्वाचन २०७४ को मतपरिणाम

गत स्थानीय निर्वाचन २०७४ मा हतुवागढीमा कुल मतदाता संख्या १२ हजार ६ सय ३४ रहेको थियो ।
निर्वाचनमा एकपा एमालेको उम्मेदवार प्रेम कुमार राईले ३ हजार ४ सय ९९ मत ल्याएर पालिका प्रमुखमा विजय भएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका मदन खुलालले ३ हजार २ सय ६० मत प्राप्त गरे । राष्ट्रिय समाजवादी पार्टी नेपालका उम्मेदवार ध्रुवराज राईले ५१ मत प्राप्त गरे ।

त्यस्तै उपप्रमुखमा एमालेकै चन्द्रमा राईले ३ हजार २ सय ८१ मत प्राप्त गरि विजयी भएकी हुन भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादीबाट सुनिता किरातीले २ हजार ५ सय ३५ मत प्राप्त गरिन् । राष्ट्रिय समाजवादी पार्टी नेपालका उम्मेदवार तिर्थदेवी राईले ४२ मत प्राप्त गरिन् ।

उक्त स्थानीय निर्वाचनमा एमाले विरुद्ध नेपाली कांग्रेस , नेकपा माओवादी केन्द्र, तत्कालीन संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टीको संयुक्त गठबन्धन रहेको थियो ।

अन्य पोष्टहरु

हतुवागढी-५ का वडाध्यक्षको निर्णय: आफ्नो सेवा सुविधाबाट उत्कृष्ट शिक्षक र विद्यार्थीलाई पुरस्कृत तथा सुत्केरी भत्ता प्रदान

हतुवागढी-५ का वडाध्यक्षको निर्णय: आफ्नो सेवा सुविधाबाट उत्कृष्ट शिक्षक र विद्यार्थीलाई पुरस्कृत तथा सुत्केरी भत्ता प्रदान

शेयर गर्नुहोस      –अर्जुन राई अपहेलित जेष्ठ ९, घोडेटार । भोजपुरको हतुवागढी गाउँपालिका वडा नम्बर…
मनोज पाण्डेलाई पाँच दिन हिरासतमा राखी अनुसन्धान गर्न अदालतको अनुमति

मनोज पाण्डेलाई पाँच दिन हिरासतमा राखी अनुसन्धान गर्न अदालतको अनुमति

शेयर गर्नुहोस काठमण्डाै । ल्ला अदालत काठमाडौंले बलात्कार आरोपमा पक्राउ परेका कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डेलाई पाँच…
हतुवागढी गाउँपालिकाको महत्वपुर्ण निर्णयः ६५ वर्षभन्दा माथिकालाई निःशुल्क एम्बुलेन्स सेवा

हतुवागढी गाउँपालिकाको महत्वपुर्ण निर्णयः ६५ वर्षभन्दा माथिकालाई निःशुल्क एम्बुलेन्स सेवा

शेयर गर्नुहोस भोजपुर । हतुवागढी गाउँपालिकाले गाउँपालिका क्षेत्र भित्रका ६५ वर्षभन्दा माथि उमेरका ज्येष्ठ नागरिकलाई निःशुल्क…