आगलागी पिडितलाई आर्थिक सहयोग
- समाचार
- March 29, 2022

भोजपुर । षडानन्द नगरपालिका वडा नम्बर २ कुदाककाउलेका आगलागी पिडितलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।
गत चैत ४ आगलागी परि घर पुर्ण क्षति भएको सन्तराज आचार्यको परिवारलाई नगद ४३ हजार १ सय २० रुपैया आर्थिक सहयोग गरिएको भोजपुर काठमाण्डौ सम्पर्क मञ्चका उपाध्यक्ष इश्वर आचार्यले बताउनु भयो ।
पिडित परिवारलाई भोजपुर काठमाडौं सम्पर्क मञ्चले २० हजार, भोजपुर कतार सेवा समाजले ११ हजार पाँच सय, नेकपा एमाले वडा पार्टि कमिटीबाट ६ हजार ६ सय २० र रोशन बस्नेतले ५ हजार आर्थिक सहयोग गर्नुभएको थियो ।
