आज देखि हतुवागढीमा अन्तर पालिका स्तरीय भलिबल प्रतियोगिता हुँदै, यस्तो छ खेल तालिका

शेयर गर्नुहोस

घोडेटार । भोजपुरको हतुवागढी-१ घोडेटार स्थित अन्तर गापा/नपा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु भएको छ ।

बुधबार (आज) हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेम कुमार राईको प्रमुख आतिथ्यतामा व्यानर वाचन गरि उक्त प्रतियोगिताको उद्घाटन गरिएको हो ।

हतुवागढी गाउँपालिकाको प्रायोजन तथा हतुवागढी खेलकुद विकास समितिको आयोजनामा हुन लागेको उक्त ‘हतुवागढी अन्तर गा.पा./न.पा. पुरुष तथा महिला भलिबल रनिङ शिल्ड प्रतियोगिता २०७८’ आज चैत २ गते देखि चैत ५ गते सम्म सञ्चालन हुनेछ ।

प्रतियोगिताको उद्घाटन कार्यक्रममा विशेष अतिथी एवं शिक्षासेवी इश्वरमान राई, सगरमाथा माविका प्रधानध्यापक हेमराज न्यौपाने, हतुवागढी-१ का वडाध्यक्ष कुमार विष्ट, २ नम्बर वडाध्यक्ष विचारी थापा, ३ नम्बर वडाध्यक्ष राज कुमार राई, ४ नं. अध्यक्ष चन्द्र बहादुर विष्ट लगाएत खेलाडी तथा खेलप्रेमीहरुको उपस्थिति रहेको थियो ।

नक आउट चरणमा हुन लागेको उक्त प्रतियोगितामा महिला पुरुष दुवै तर्फको प्रत्येक खेल वेष्ट अफ फाइभको आधारमा खेलाइने आयोजकले जनाएको छ ।

प्रतियोगितामा पुरुष तर्फ ८ समूह र महिला तर्फ ६ समुहले टिम दर्ता गरेका छ्न् ।
आज आयोजकद्वारा जारी टाइसिट अनुसार प्रतियोगितामा पुरुष तर्फ ‘ए’ पोलबाट हतुवागढी (भोजपुर) VS सभा पोखरी (संखुवासभा) र आम्चोक (भोजपुर) VS टेम्के मैयुङ् (भोजपुर) बीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै पुरुष तर्फकै ‘बि’ पोलबाट झापा गा.पा. VS आयोजक र राम प्रसाद राई (भोजपुर) VS दमक न.पा. (झापा) बीच प्रतिस्पर्धा हुने भएको छ ।

प्रतियोगितामा महिला तर्फ दमक (झापा), आम्चोक (भोजपुर), हतुवागढी (भोजपुर), पाँच कपन (संखुवासभा), रामप्रसाद (भोजपुर) र आयोजक गरि ६ टिमबीच प्रतिस्पर्धा हुने भएको छ ।

भोलि (बिहीबार) बिहान ८ बजे देखि निरन्तर खेल सञ्चालन हुनेछ । ५ गते सम्म सञ्चालन गरिने प्रतियोगिताको पुरुष तर्फ विजेता टिमलाई एक लाख ५० हजार ५ सय ५५ र उपविजेता टिमलाई एक लाख १ हजार १ सय ११ नगद पुरस्कार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

त्यसै गरि महिला तर्फ विजेता टिमलाई ७५ हजार ५ सय ५५ र उपविजेता टिमलाई ५० हजार ५ सय ५५ नगद पुरस्कार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

८ जना मात्रै सहभागी हुन पाउने डोरी तान प्रतियोगितामा विजेता टिमले २५ हजार र उपविजेता टिमले १५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । 

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…