कांग्रेसले खोल्यो खाता, मुस्ताङबाट प्रतिनिधिसभामा योगेश गौचन थकाली विजयी

शेयर गर्नुहोस

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत मुस्ताङ क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी भएका छन् ।

सोमबार सम्पन्न जिल्लाको मतगणना अनुसार कांग्रेसका उम्मेदवार थकाली ३९९२ मत ल्याई विजयी भएका हुन ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार प्रेमप्रसाद तुलाचनले ३०७८ मत पाए भने राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङले ८७मत र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका प्रविणकुमार शेरचनले १३ मत प्राप्त गरेका हुन् ।

निर्वाचन आयोगका अनुसार मुस्ताङमा ७ हजार २३० मत खसेको थियो ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…