रास्वपाले तत्काल सरकार नछाड्ने, दुई दिनपछि आवश्यक निर्णय लिने

शेयर गर्नुहोस

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने वा नबाहिरिने भन्नेबारे दुई दिनको समय लिने निर्णय गरेको छ ।

बिहीबार बेलुका अबेर सम्पन्न भएको पार्टीको केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै महामन्त्री मुकुल ढकालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीको आग्रहमा दुई दिन कुर्ने निर्णय भएको जानकारी दिए ।
उनले गृहमन्त्रालय आफूहरुले पाएकोले कसलाई पठाउने भन्नेबारे प्रधानमन्त्रीले नाम मागेपछि निर्णय लिने बताए ।

गृह नपाएपछि सरकार छाड्ने मनस्थितिमा बैठक बोलाएका सभापति रवि लामिछानेलाई अन्य सांसदहरुले सरकार छाड्नुको औचित्य पुष्टि गर्नुपर्ने धारणा राखेपछि दुई दिन कुर्ने निर्णय भएको हो । मन्त्रालयको विवादबारे उच्चस्तरीय राजनीतिक संयन्त्रमा दलले कुरा राख्ने पनि निर्णय भएको छ । गृह मन्त्रालयको अडान पार्टीले कायमै राखेको छ । तर कसले नेतृत्व गर्ने भन्नेमा कुनै निर्णय भएको छैन ।

प्रधानमन्त्रीले भने सर्वोच्चको पूर्णपाठ नआउँदासम्म निर्णय नलिने बताएका छन् । साथै गृह स्वतन्त्र पार्टीलाई दिन नसक्ने पनि प्रधानमन्त्रीले लामिछानेलाई यसअघि जनाउ दिइसकेका छन् ।

 

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…