रञ्जना स्याङ्बोले जितिन् मिस तामाङको उपाधि

शेयर गर्नुहोस

२२ फागुन, काठमाडौं । १४ औं मिस तामाङको उपाधि सोलुखुम्बुकी रञ्जना स्याङ्बोले जितेकी छन् । १६ जना प्रतिस्पर्धीलाई उछिन्दै उनले ताज जितेकी हुन् ।

शनिबार राष्ट्रिय सभागृहमा सम्पन्न प्रतियोगितामा काभ्रेकी पूजा तामाङ फस्ट रनरअप, डीजी लोप्चन सेकेन्ड रनरअप र दोलखाकी प्रकृति पाख्रिन थर्ड रनरअप घोषित भए ।

उपाधि जित्न सफल रञ्जनाले एक लाख रुपैयाँ नगद पुरस्कार हात पारेकी छन् । एमडी ग्रुपको प्रस्तुति र मम्स इन्टरनेसनलले प्रतियोगिता आयोजना गरेका हुन् । तामाङ शैक्षिक परामर्श संघका अध्यक्ष केडी मोक्तान, डा. दिलबहादुर थोकर, ‘मिस तामाङ २०१७’की पिंकी घिसिङ, पूर्वमिस नेपाल अनुष्का श्रेष्ठ र निर्देशक राज किङ वाइबा निर्णायक थिए ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…