रञ्जना स्याङ्बोले जितिन् मिस तामाङको उपाधि

शेयर गर्नुहोस

२२ फागुन, काठमाडौं । १४ औं मिस तामाङको उपाधि सोलुखुम्बुकी रञ्जना स्याङ्बोले जितेकी छन् । १६ जना प्रतिस्पर्धीलाई उछिन्दै उनले ताज जितेकी हुन् ।

शनिबार राष्ट्रिय सभागृहमा सम्पन्न प्रतियोगितामा काभ्रेकी पूजा तामाङ फस्ट रनरअप, डीजी लोप्चन सेकेन्ड रनरअप र दोलखाकी प्रकृति पाख्रिन थर्ड रनरअप घोषित भए ।

उपाधि जित्न सफल रञ्जनाले एक लाख रुपैयाँ नगद पुरस्कार हात पारेकी छन् । एमडी ग्रुपको प्रस्तुति र मम्स इन्टरनेसनलले प्रतियोगिता आयोजना गरेका हुन् । तामाङ शैक्षिक परामर्श संघका अध्यक्ष केडी मोक्तान, डा. दिलबहादुर थोकर, ‘मिस तामाङ २०१७’की पिंकी घिसिङ, पूर्वमिस नेपाल अनुष्का श्रेष्ठ र निर्देशक राज किङ वाइबा निर्णायक थिए ।

अन्य पोष्टहरु

चुहारको पक्की पुल सात महिना भित्र बनिसक्ने

चुहारको पक्की पुल सात महिना भित्र बनिसक्ने

शेयर गर्नुहोस भोजपुर ,  २०७९ चैत ६ गते। भोजपुरलाई तराईसँग सबैभन्दा छिटो जोड्ने दक्षिणी नाका चुहारको…
हतुवागढीमा आजदेखि खेलाडी छनोट वडास्तरीय भलिबल प्रतियोगिता

हतुवागढीमा आजदेखि खेलाडी छनोट वडास्तरीय भलिबल प्रतियोगिता

शेयर गर्नुहोसघोडेटार । भोजपुरको हतुवागडीमा आज देखि वडास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने भएको छ…
प्रदेश नामाङ्कनको विषयमा किरात राई यायोक्खा प्रदेश समितिको छलफल

प्रदेश नामाङ्कनको विषयमा किरात राई यायोक्खा प्रदेश समितिको छलफल

शेयर गर्नुहोसइटहरी । किरात राई यायोक्खा प्रदेश कार्य समितिको बिस्तारित बैठक सम्पन्न भएको छ । शुक्रबार…