श्रीलंकामाथि भारतको शानदार जीत

शेयर गर्नुहोस

मोहालीमा भएको पहिलो टेस्टमा भारतले श्रीलंकालाई एक इनिङ्स र २२२ रनले पराजित गर्दै सिरिजमा १–० को अग्रता लिएको छ । पहिलो इनिङ्समा ब्याटिङ गरेको भारतीय टोलीले आठ विकेट गुमाएर ५७४ रन बनाएको थियो ।

त्यसपछि श्रीलंकाको टोली १७४ रनमा अलआउट भई फलोअन खेल्न बाध्य भयो । फलोअनमा पनि श्रीलंकाको टोलीले खासै केही गर्न सकेन र दोस्रो इनिङ्समा १७८ रन मात्रै बनाउन सक्यो । भारत र श्रीलंकाबीचको दुई खेलको टेस्ट सिरिजको पहिलो खेल तीन दिनमै सकिएको छ । श्रीलंकाका लागि दोस्रो इनिङ्समा निरोशन डिक्वेलाले अविजित ५१ रन बनाए ।

भारतका लागि रविन्द्र जडेजाले पहिलो इनिङ्समा ब्याटिङ र त्यसपछि श्रीलंकाको दुवै इनिङ्समा बलिङमा पनि उत्कृष्ट प्रदर्शन गरे । पहिलो इनिङ्समा रविन्द्र जडेजाले अविजित १७५ रन बनाए । उनले श्रीलंकाको पहिलो इनिङ्समा पाँच विकेट र दोस्रो इनिङ्समा चार विकेट लिएका थिए। पहिलो इनिङ्समा जसप्रित बुमराह र आर. अश्विनले दुई–दुई विकेट लिए । दोस्रो इनिङ्समा आश्विनले चार र मोहम्मद सामीले दुई विकेट लिए ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…