होम्ताङ साकेन्वा मेला २०८०ः सिली प्रतियोगिता सम्पन्न

शेयर गर्नुहोस

होम्ताङ । होम्ताङ साकेन्वा उधौली सिली मेला २०८० मा हतुवाली सिली प्रतियोगिता सम्पन्न भएको छ ।

बिहीबार मेलाको चौंथो दिन हतुवागढी गाउँपालिका उपाध्यक्ष सुनिता किरातीको प्रमुख आतिथ्यतामा उक्त प्रतियोगिता सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं पालिका उपाध्यक्ष किरातीले साकेन्वा सिली र संस्कार, संस्कृतिको संरक्षण गर्नु पुर्खाहरुको सम्मान भएको बताउनुभयो । साकेन्वा सिलीलाई कुनै समुदायको मात्र नभएर सबैको साझा संस्कृतिको रुपमा विकास गराउनु पर्ने उहाँको भनाई छ ।

साकेन्वा (लाकछाम) सिली प्रतियोगितामा हतुवागढी र रामप्रसाद राई गाउँपालिकाबाट ५ समूहको सहभागिता रहेको थियो । प्रतियोगितामा रामप्रसाद राई गाउँपालिकाबाट सहभागी श्री सायाबुङ साँस्कृतिक केन्द्र प्रथम बनेको छ । त्यस्तै किरात राई यायोक्खा हतुवागढी ४ खैराङको सिली टोली दोस्रो बनेको छ भने हतुवागढी ६ होम्ताङ साकेन्वा टोली तेस्रो बनेको छ ।

सिली प्रतियोगितामा प्रथम सिली समूहले रु. १५ हजार, दोस्रो रु. १० हजार र तेस्रो समूहले रु. ५ हजार नगद पुरस्कार सहित प्रमाण पत्र प्राप्त गरेका छन् । उक्त प्रतियोगितामा हेहतुवाली सिली विज्ञ प्रेम वालिङ, किरात राई यायोक्खा हतुवागढी सचिव कृपालसिंह राई र रामप्रसाद राई गापा वडा नं. ८ वडा सदस्य एवं गायक विकास राई निर्णायकको भूमिकामा रहेका थिए ।

भोजपुरको हतुवागढी गाउँपालिका ५ होम्ताङमा जारी  मंसिर ३ गतेदेखि ११ गतेसम्म मेला अवधीभर प्रत्येक साँझ आमन्त्रित एवं स्थानीय कलाकारको गायन, नृत्य प्रस्तुती रहने आयोजकले जनाएको छ । रोटे पिङ, लिङ्गे पिङ साथै स्थानीय उत्पादनको प्रदर्शन तथा बिक्री वितरण मेलाको प्रमुख आकर्षण रहने छ ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…