आइतबारसम्म युक्रेन छाड्ने मानिसको संख्या १५ लाख पुग्ने अनुमान

शेयर गर्नुहोस

रुसी सेनाले युक्रेनमा हमला गरेको ११औं दिन आज पनि युक्रेनका विभिन्न सहरहरुमा तीव्र हमला भएका छन् । युक्रेनमा रुसी हमलाका कारण दिनहुँ विस्थापित हुनेको संख्या बढ्दो छ । रुसी हमलाका कारण आइतबारसम्म युक्रेन छाड्ने मानिसहरुको संख्या १५ लाख पुग्ने अनुमान गरिएको छ ।

किभले रुसमाथि थप प्रतिबन्ध लगाउन र आफूहरुलाई हतियार उपलब्ध गराउन पश्चिमा देशहरुलाई दबाब दिएको छ ।

रुसी फौजले घेरा हालेका दुई दक्षिणी सहरहरु मारिओपोल र भोलनोभाखामा युद्धबिराम उल्लंघन भएको छ । युद्धबिराम उल्लंघन भएसँगै मस्को र किभले एक अर्कामाथि आरोप–प्रत्यारोप गरेका छन् ।

शनिबार राति एउटा टेलिभिजन सम्बोधनमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेनाले कब्जा गरेको क्षेत्रका स्थानीयलाई रुसी सेनाको प्रतिकार गर्न र लड्न आह्वान गरे ।

देशको पुर्ननिर्माण गर्ने वाचा गर्दै उनले भने, ‘हामी बाहिर जानुपर्छ र हाम्रो शहरहरूबाट यो खराबलाई हटाउनै पर्छ ।’ यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफूले निशस्त्र र तटस्थ युक्रेन चाहेको बताएका थिए ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…