आम्चाेकमा माओवादी केन्द्र र काग्रेसका नेता कार्यकर्ताहरु एमालेमा प्रवेश

शेयर गर्नुहोस

भोजपुर । प्रतिनिधि सभाका उम्मेदवार शेरधन राईको गृहपालिका आम्चाेकमा  माओवादी केन्द्र र  काग्रेसका नेता कार्यकर्ताहरु पार्टी परित्याग गरि एमालेमा प्रवेश गर्नुभएकाे छ । नव प्रवेशीहरुलाई नेकपा एमाले स्थाई कमिटि सदस्य, पूर्व मुख्यमन्त्री तथा प्रतिनिधी सभा सदस्य उम्मेदवार शेरधन राई र पूर्व सभासद डाक्टर इन्द्रजित राईले स्वागत गर्नुभएको थियो ।

विहिवार मात्र नेकपा माओवादी पार्टी परित्याग गरि दर्जनौ नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेको एमाले जिल्ला पार्टि सचिव किरण राईले बताउनुभयो । चुनावी अभियानको क्रममा आम्चोक गाउँपालिका ८ दुम्मानामा ५५ जना भन्दा वढि माओवादी र नेपाली काग्रेस पार्टी परित्याग गरि एमालेमा प्रवेश गरेको राईले बताउनुभयो । पार्टी प्रवेश गर्नेहरुमा नेकपा माओवादीका दुर्गाबहादुर श्रेष्ठ भीम बहादुर श्रेष्ठ जगतबहादुर श्रेष्ठ लगायत रहनुभएको छ । त्यसै गरि नेपालिका काग्रेसका आशमान मगर,मदन श्रेष्ठ ढब बहादुर परियार तलाराम श्रेष्ठले पनि पार्टी परित्याग गरि एमाले प्रवेश गरेका हुन । एमाले पार्टी प्रवेश गरेका दुर्गाबहादुर श्रेष्ठले देशको विकास नेकपा एमालेबाट मात्र सम्भव भएको भन्दै पार्टी प्रवेश गरेको बताउनु भयो । आम्चोक गाउँपालिका वडा नम्बर ९ मा पनि ५ जना नेकपा एमाले प्रवेश गर्नुभएको नेकपा एमालेले जनाएको छ । दुम्मानामा प्रभावशाली नेता कार्यकर्ता एमालेमा प्रवेश गरेपछि माओवादिलाई क्षति पुगेको छ । उक्त गाउँपालिकामा स्थानिय तहमा काग्रेस र एमालेको गठबन्धन भएको थियो । एमालेले जिल्लामा विभिन्न ठाउँबाट आजबाट भुनावी अभियान र प्रचार प्रसारलाई तिव्र पारेको पार्टी अध्यक्ष शरण राईले बताउनु भयो ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…