भूमिहीन समस्या समाधान आयोग खारेजविरुद्ध किसान महासंघ भोजपुरले बुझायो ज्ञापन पत्र

शेयर गर्नुहोस

भोजपुर — अखिल नेपाल किसान महासंघ भोजपुरले भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको हकहित र सामाजिक न्यायका लागि ध्यानाकर्षण गराउँदै प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारी मार्फत ज्ञापनपत्र पेश गरेको छ।

पूर्ववर्ती सरकारले गठन गरेको भूमि समस्या समाधान आयोग हाल खारेज गरिएको छ, जसले भूमिहीन, सुकुम्बासी र श्रमिक वर्गका नागरिकको संवैधानिक अधिकारमा प्रतिकूल असर पुर्‍याएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । संघका जिल्ला अध्यक्ष शंकरदेव राईको नेतृत्वमा पेश गरिएको ज्ञापनपत्रमा आयोगको तत्काल पुनःस्थापनाको माग गरिएको छ ।

भोजपुर जिल्लामा आयोगले षडानन्द नगरपालिका, पौवादुम्मा गाउँपालिका, हतुवागढी गाउँपालिका र अरुण गाउँपालिकामा जग्गा नापजाँच र श्रेष्ता तयार गर्ने काम अन्तिम चरणमा पुगेको थियो। तर आयोग खारेज भएपछि सयौं भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासी पुनः निराश बनेका छन्। प्रभावित परिवारहरू बासस्थान, पहिचान र जीवन निर्वाहका आधारभूत अधिकारबाट वञ्चित भएका छन् ।

ज्ञापनपत्रमा संघले यस खारेज निर्णयलाई पूर्वाग्रही र गैरजिम्मेवारपूर्ण भन्दै विरोध जनाएको छ। आयोगले संघीय, प्रदेश र स्थानीय तहसँग समन्वय गर्दै सुकुम्बासी, अव्यवस्थित बसोबासी र भूमिहीन दलितको आँकडा संकलन, ऐन–नियम संशोधन र जग्गा पुर्जा वितरण प्रक्रिया निष्पक्ष रूपमा अघि बढाउने कार्य गर्दै आएको थियो। यसले स्थानीय श्रमिक र किसान समुदायमा आशा र विश्वास जगाएको थियो ।

आयोग पुनःस्थापना नभए आन्दोलनका थप कार्यक्रमहरू अगाडि बढाउन बाध्य हुने  संघले चेतावनी दिएको छ । संघका अनुसार, भूमि, आवास र पहिचान प्रत्येक नागरिकको मौलिक अधिकार भएकाले राज्यले दलित, भूमिहीन र सुकुम्बासी समुदायको समस्या समाधान गर्न सामाजिक न्याय र समानताको दृष्टिकोण अपनाउनु आवश्यक छ। कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य किसान महासंघ इन्चार्ज पुर्ण राई संघका कोशी प्रदेश कमिटी सदस्य प्रेमबहादुर तामाङ्ग समेतको  उपस्थिति रहेको थयो ।

 

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…