एमाले भोजपुरलाई सामग्री हस्तान्तरण

शेयर गर्नुहोस

काठमाण्डौं, साउन १८ । नेकपा (एमाले) भोजपुरद्वारा सञ्चालन गरिने पार्टी सदस्यता कार्ड वितरण अभियानलाई सहयोग पुर्याउने उद्देश्यले आवश्यक सामग्रीहरू एक कार्यक्रमका बीच काठमाण्डौंमा हस्तान्तरण गरिएको छ । भोजपुर घर भई हाल काठमाण्डौंमा विभिन्न पेशा, व्यवसाय र पार्टी जिम्मेवारीमा सक्रिय व्यक्तिहरुको कार्ड प्रिन्टर,  सदस्यता कार्ड, प्रिन्टर मसी ,  फोटो पेपर नेकपा (एमाले) भोजपुरलाई निःशुल्क रूपमा हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा नेकपा (एमाले) भोजपुर जिल्ला सचिव एक्सन राईले सामग्रीहरू औपचारिक रूपमा बुझेको घोषणा गर्दै सहयोगीहरूलाई धन्यवाद ज्ञापन गर्नु भयो । यो अभियानले सदस्यता अभिलेखलाई व्यवस्थित गर्दै डिजिटल प्रणालीमा रूपान्तरण गर्नेछ, जसले अभिलेखलाई पारदर्शी र भरपर्दो बताउदै सदस्यता कार्डले कार्यकर्तासँग संगठनको सम्बन्ध अझ प्रगाढ बनाउनेछ भने, नयाँ पुस्तालाई समेत आकर्षित गर्नेछ। कार्यक्रम र निर्वाचनहरूमा सदस्य परिचय सहज हुने छ, जसले पार्टीलाई प्रविधिमैत्री र प्रभावकारी बनाउने बताए । राईले यो अभियान अन्तर्गत भोजपुरका ८१ वटै वडाका तीन हजार ५७ जना सदस्यहरूको हातमा पार्टी केन्द्रीय अध्यक्ष कमरेड केपी शर्मा ओलीको हस्ताक्षरसहितको सदस्यता कार्ड पुग्ने बताउदै । यसले पार्टीप्रति गर्वको भावना बढाउने र संगठनात्मक काममा नयाँ उत्साह थप्ने विश्वास व्यक्त गर्नुभयो ।

 

सहयोगदाताको तर्फबाट बोल्दै राजकुमार कार्कीले पार्टीको अभियानलाई सफल बनाउने विश्वासका साथ हामीले यो सहयोग गरेको र यसले पार्टीको काम सहज , कार्यकर्ता र जनताबीचको सम्बन्ध पनि अझ बलियो बनाउने विश्वास लिएको बताउनु भयो । कार्यक्रममा सहभागी अन्य सहयोगी कमरेडहरूमा पारुहाङ्ग राई, श्रीकृष्ण श्रेष्ठ, कमल प्रधान, राजकुमार श्रेष्ठ, सुजन राई, ध्रुव सुवेदी, रोशन बस्नेत, सारादा घले, बिरेन्द्र श्रेष्ठ, ढोकल आले मगर, प्रजिना चौहान शेर्पा, अम्बर राउत, सन्जु राई, अविरल कार्की, रेजिन श्रेष्ठ, अनन्त राई, शशि रोकहा मनोज सान्सोन राई रहनुभएको थियो ।

 

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…